सशस्त्रमा एक जना एआईजी थप्ने तयारी, आफूअनुकूललाई बनाउन आईजीपीको दौडधुप

सशस्त्र प्रहरी बल नेपालमा एक जना अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप्ने तयारी गरिएको छ ।  नेपाल प्रहरीमा ३ जना एआईजी थप हुने पक्कापक्की भएपछि सशस्त्र प्रहरीले पनि एक जना एआईजी थप गर्न संगठन व्यवस्थापन तथा सर्वेक्षण (ओएण्डएम) गरेर गृह मन्त्रालय पठाएको छ ।  गृह मन्त्रालय स्रोतका अनुसार अर्थ मन्त्रालयमा स्वीकृतिका लागि फाइल पुगेको छ ।  पछिल्लो समयमा आउट बोर्डर पोष्ट (बीओपी) को संख्या थप भएसँगै त्यसलाई हेर्ने छुट्टै विभागको आवश्यकता भएको भन्दै कार्य तथा सीमा विभागको नेतृत्व एआईजीले गर्नुपर्ने ओएण्डएमले औंल्य...

सम्बन्धित सामग्री

सङ्घीय संसद् भवन निर्माण कछुवा गतिमा, तेस्रो पटक म्याद थप्ने तयारी

काठमाडौं । सम्झौताअनुसार समयमै काम भएको भए यतिबेला सङ्घीय संसदका काम कारबाही सिंहदरबारस्थित आफ्नै भवनबाट सञ्चालन हुन्थ्यो । कोरोना महामारीका कारणले निर्माणमा समस्या भएपछि दुई पटक म्याद थप्दा पनि निर्धारित समयमा पूरा हुन सकेको छैन । सहरी विकास मन्त्रालय र निर्माण कम्पनी टुण्डी सेक ज्वाइन्ट भेञ्चरबीच विसं २०७६ असोज १६ गते भएको सम्झौताअनुसार सङ्घीय संसद भवन तीन वर्षभित्र अर्थात् २०७९ असोज १५ गतेसम्म निर्माण भइसक्नुपर्ने थियो । यसबीच कोरोना महामारीका कारण त्यो सम्भव भएन र पहिलो पटक ६ महीना म्याद थप गरी निर्धारित समय २०८० वैशाख १४ गते पुर्‍याइयो । पहिलो पटक थप भएको म्यादभित्र पनि निर्माण सम्पन्न नभएपछि दोस्रो पटकका लागि अर्को ६ महीना म्याद थप गरी २०८० असोज १६ गते पुर्‍याइयो ।       दुई पटक म्याद थप हुँदा पनि निर्माणाधीन संसद भवनको प्रगति उत्साहजनक छैन । निर्माण कम्पनी टुण्डी सेक ज्वाइन्ट भेञ्चरका अनुसार हाल भवन निर्माणको भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ६७ प्रतिशत मात्रै छ । कम्पनीका तर्फबाट परियोजना व्यवस्थापक प्रमेन्द्रकृष्ण श्रेष्ठका शब्दमा भवन निर्माण सकिन अझै कम्तीमा ६ महीनाको समय चाहिन्छ । त्यसैले निर्माण कम्पनी यतिबेला तेस्रो पटक म्याद थपका लागि आग्रह गर्दै आएको छ ।  संसद भवन निर्माण अपेक्षाकृत रूपमा हुन नसकेपछि प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले आज संसद भवन निर्माणको स्थलगत अवलोकन गरेको छ । अवलोकनपछि समिति सभापति दीपकबहादुर सिंहले निर्माण कम्पनीलाई निर्देशन दिँदै भने, ‘भवन निर्माण कछुवा गतिमा भयो यसलाई चाँडो सम्पन्न गर्नुहोस् ।’ उनले यो ढङ्गले समयमै निर्माण हुन नसक्ने भन्दै निश्चित अवधिमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता नआएसम्म म्याद थप्नुको कुनै औचित्य नभएको बताए ।  सहरी विकासमन्त्री सीता गुरुङले पनि आजै निर्माणाधीन संसद भवनको अवलोकन गरिन् । भवन अवलोकनका क्रममा मन्त्री गुरुङ, समितिका सभापति सिंह र सांसदहरूले निर्माण असाध्यै सुस्त गतिमा भएको भन्दै निर्माणको गति बढाउन निर्माण कम्पनीलाई निर्देशन दिए । महँगो मूल्य तिरेर भाडाको भवनमा संसद् चलाउनुपर्ने बाध्यताले आर्थिक दायित्व बढेको भन्दै संसद् भवन निर्माण छिटो अगाडि बढाउनुपर्नेमा उनीहरूले जोड दिएका थिए ।  यद्यपि भवन निर्माणको जिम्मेवारी पाएको कम्पनी टुण्डी सेक ज्वाइन्ट भेञ्चरले भने ‘साइट क्लियरेन्स’कै लागि करिब १८ महीना लागेकाले निर्माण समयमै सम्पन्न हुन नसकेको दाबी गरेको छ । ‘आयोजनामा हाल चार सय हाराहारीमा जनशक्ति परिचालन छन् । भवनका निर्माणका लागि उपकरणहरू भारत, युरोपलगायत मुलुकबाट आयात गर्नुपर्ने भएकाले पनि निर्माणमा ढिलाइ भएको हो,’ कम्पनीका परियोजना व्यवस्थापक श्रेष्ठले भने ।   सहरी विकासमन्त्री गुरुङले पछिल्लो ६ महीनामा संसद् भवन निर्माणले तीव्रता लिए पनि सन्तोषजनक नभएको बताइन् । ‘म मन्त्रीको जिम्मेवारीमा आउनुभन्दा पहिलेको तुलनामा पछिल्लो ६ महीनामा धेरै काम भएको छ तर जुन गतिमा अगाडि बढ्नुपर्ने थियो त्यो भने भएको छैन,’ उनले भनिन् ।  मन्त्री गुरुङले भवन निर्माणका विषयमा नीतिगत र प्राविधिक समस्याबारे सरोकारवालासँग पटक–पटक छलफल गर्न र निर्देशन दिइएको बताइन् । ‘हिउँदे अधिवेशन नयाँ भवनबाटै सञ्चालन गरौं भन्ने लक्ष्य हो,’ उनले भनिन्, ‘भवन निर्माण छिटो सक्न जनशक्ति बढाउन पनि निर्देशन दिइएको छ ।’ उनले जुनसुकै समस्या भए पनि मन्त्रालयका तर्फबाट एक साताभित्रै समाधान गर्ने निर्णय लिइएको उल्लेख गरिन् ।  ‘भवनको बाहिरी संरचना सकिएको छ । अबको ६ महीनाभित्र ६ ओटा भवनको काम सक्छौं, बाँकी भवनको काम त सकिसकेको छ । ‘फ्लोरिङ फिनिसिङ’ अझै काम बाँकी छ,’ निर्माण कम्पनीका परियोजना व्यवस्थापक श्रेष्ठले भने ।  आयोजना निर्देशक मच्चाकाजी महर्जनले ६ महीनाभित्र निर्माण सम्पन्न गर्नेगरी धमाधम काम भइरहेको दाबी गरे । आयोजनाको परामर्शदाता राजुमान मानन्धरले पनि निर्माणाधीन संसद् भवनमा छिटो पूरा गर्न दुई सिफ्टमै काम गर्ने योजना रहेको बताए ।  एक सय ५१ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको परियोजनाअन्तर्गत प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, अतिविशिष्ट कक्ष र अन्य कार्यालयलगायत १२ भवन हुनेछन् । भवन निर्माणका लागि अनुमानित खर्च रु ६ अर्ब ९२ करोड भए पनि रु पाँच अर्ब दुई करोडमा सम्झौता भएको छ ।  सरकारले चालु आर्थिक वर्षमा भवन निर्माणका लागि रु तीन अर्ब २६ करोड बजेट विनियोजन गरेको छ । संसद भवनभित्र मुख्य भवन आठओटा हुनेछन् । भवनभित्र तीन सय ५० सिट क्षमताको संयुक्त लबी हुनेछ भने सानाठूला गरी १० वटा संसदीय दलका कार्यालय हुनेछन् । यसका चार अतिरिक्त अतिरिक्त विशिष्ट कक्ष, दुई संसद् सचिवालय भवन, संसद् लाइब्रेरी, दुईवटा क्यान्टिन क्रमशः एक सय र तीन सय जना अट्ने क्षमताका र तीन सय ९० वटा गाडी पार्किङ क्षमता हुनेछ ।      गत असार २५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माणाधीन सङ्घीय संसद् भवनको अवलोकन गर्नुभएको थियो । उहाँले आउँदो हिउँदे अधिवेशन नयाँ भवनमा गर्ने लक्ष्य रहेको भन्दै निर्माण छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको थियो । त्यस्तै गत साउन १७ गते सभामुख देवराज घिमिरेले पनि निर्माणाधीन संसद् भवनको अवलोकन गरेका थिए । उनले पनि लक्ष्यअनुरुप निर्माणको काम सन्तोषजनक नभएको बताएका थिए । रासस

कोरोना संक्रमण बढ्न थालेपछि भेरी अस्पतालमा जनशक्ति थपिँदै

नेपालगञ्ज – बाँकेमा कोरोना संक्रमित बढ्दै गएपछि भेरी अस्पताल नेपालगञ्जले स्टाफ नर्स थप्ने तयारी गरेको छ। अस्पतालले विगतमा काम गरेका आठ जना स्टाफ नर्सलाई काममा लगाउने तयारी गरेको हो। कोरोनाको पहिलो र दोस्रो लहरमा करारमा कर्मचारी थपिएको थियो। उनीहरुमध्येबाट आठ जनालाई फेरि कोभिड वार्डमा परिचालन गर्ने निर्णय गरिएको छ। यसैबीच, भेरी अस्पतालमा मंगलबार २१ जनाको […]

बागमतीमा दुई जना मन्त्री थपिने

काठमाडौं, असार २३ । बागमती प्रदेशको मुख्यमन्त्री फेर्ने रस्साकस्सी विस्तारै सेलाउँदै आएपछि मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो मन्त्री मण्डल विस्तार गर्ने तयारी गरेका छन् । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफ्नो नेतृत्वको सरकारमा फेरि मन्त्री मण्डल विस्तार गर्ने भएका हुन् । भागबण्डाकै लागि मन्त्रालय फुटाएको व्यापक आरोप खेप्दै आएका मुख्यमन्त्री पाण्डेले फेरी २ मन्त्री थप्ने तयारी […]

कर्णालीमा आज बेलुकासम्म मन्त्रिपरिषद् विस्तार हुने, को-को बन्दै छन् मन्त्री?

सुर्खेत : कर्णाली प्रदेशमा आइतवार बेलुकासम्म मन्त्रिपरिषद् विस्तार हुने भएको छ। मुख्यमन्त्री जीवन बहादुर शाहीले आज बेलुकासम्म पाँच जना मन्त्री थप्ने तयारी गरेका छन्। यसअघि नेकपा (माओवादी केन्द्र)ले चार वटा र नेकपा (एकीकृत समाजवादी)ले दुई वटा मन्त्रालय दावी गर्दै आएको थियो। यता, सत्ताको बागडोर सम्हालेको कांग्रेसले पनि मुख्यमन्त्रीसहित दुई मन्त्रालय…

काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक, सहमहामन्त्री थप्ने तयारी

नेपाली काँग्रेसले बिहीबार केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार विहान साढे ११ बजे केन्द्रीय समिति बैठक बोलाइएको बताए । यही मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुने १४ औं महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको पौडेलले रातोपाटीलाई बताए ।काँग्रेसका एक पदाधिकारीका अनुसार बिहीबारको बैठकमा खुलातर्फ दुई जना सहमहामन्त्री थप्ने तयारी छ । सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाबीच थप्ने विषयमा सहमति भइसकेको ती नेताको भनाइ छ । तर वरिष्ठ न

एमाले महाधिवेशन : मतदानको समय एक घण्टा थप्ने तयारी

चितवन- नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा मंगलबार बिहान ४ बजेबाट मतदान जारी छ । यो समाचार तयार गर्दासम्म साढे १६ सय प्रतिनिधिले मतदान गरिसकेका छन् । महाधिवेशनमा २१ सय ५३ जना मतदाता रहेका छन् । साढे १६ सय भन्दाबढी मतदाताले मतदान गरिसकेको निर्वाचन समितिका सदस्य बाबुराम दाहालले बताए । गए राति २ बजेबाट मंगलबार बिहान […]

एमाले महाधिवेशन : केन्द्रीय कमिटी बैठक जारी, पदाधिकारीको संख्या थप्ने तयारी

चितवन :  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीमा पदाधिकारीको संख्या थप्ने तयारी गरिएको छ।सौराहास्थित होटल जंगल क्राउनमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकले ४ जना पदाधिकारी थप्ने तयारी गरेको हो।पार्टीमा २ जना उपाध्यक्ष र २ जना उपमहासचिव थप्ने तयारी कमिटी बैठकले गरेको बुझिएको छ।संख्या थपिएमा एमालेमा पदाधिकारीको संख्या १९ पुग्नेछ।अहिले एमालेमा १५ जनामात्र पदाधिकारी रहेका छन्।  ४ पदाधिकारी थपेर १९ सदस्यीय बनाउने प्रस्ताव गरिएको जनाइएको छ।ढिलो गरी शुरु

एसएसपीको पद खाली राखेर फेरि डीआईजीको दरबन्दी थप्ने तयारी

नेपाल प्रहरीमा ६ जना बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को पद खाली छ । २०७८ वैशाखदेखि एसएसपीको दरबन्दी खाली रहे पनि अहिलेसम्म यी पदमा कसैलाई बढुवा गरिएको छैन । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र गृहमन्त्री बालकृष्ण खाणले चासो नदिँदा प्रहरी उपरीक्षक (एसपी) बाट बरिष्ठ उपरीक्षक(एसएसपी) मा बढुवा हुन नसकेको हो । करिब ६ महिनादेखि एसएसपी बढुवामा ध्यान नदिएको गृहमन्त्रालयले बरु डीआईजी थप्ने तयारी थालेको छ ।गृह मन्त्रालयका एकजना उच्च अधिकृतका अनुसार ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) र १४ जना प्रह

मुख्यमन्त्री शाक्यले ९ जना मन्त्री थप्दै

हेटौंडा : बागमती प्रदेश सरकारले आज मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेको छ ।  आधिकारिक रुपमा एमाले विभाजन भएर अल्पमतमा पर्न लागेको सरकारले आज मन्त्रिपरिषदलाई पूर्णता दिन लागेको हो।मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नियुक्त भएको २१ दिन भइसक्दा पनि सरकारले पूर्णता पाउन सकेको थिएन। स्रोतको अनुसार मुख्यमन्त्री शाक्यले आज ५ जना मन्त्री र ४ जना राज्यमन्त्री गरि ९ जना मन्त्री थप्ने  तयारी गरेकी छिन्।आज राज्यमन्त्रीसहित ९ जना मन्त्री नियुक्त गरेर शपथ ग्रहण गर्ने तयारी गरिएको स्रोतक

माओवादी केन्द्रमा थपिदै ९९ जना नयाँ केन्द्रीय सदस्य

काठमाडौं।माओवादी केन्द्रले ९९ जना नयाँ केन्द्रीय सदस्य थप्ने तयारी गरेको छ। युवा,महिला र दलितलाई प्राथिमकतामा राखेर केन्द्रीय सदस्य थप्ने तयारी रहेको केन्द्रीय सदस्य हेमराज भण्डारीले बताए।संगठनबारे सुझाव संकलन गर्न गठित कार्यदलको सिफारिसका आधारमा नयाँ थपिने अधिकांश केन्द्रीय सदस्यहरु ४० वर्षमुनिका हुनेछन्। जसमा ३५ प्रतिशत महिला र १५ प्रतिशत दलित समुदायबाट केन्द्रीय सदस्य हुनेछन्।यो संख्या थपिएपछि केन्द्रीय समिति २९९ सदस्यीय हुनेछ।