एलेक्जेन्डर–आर्नोल्डको अवस्था राम्रो छैन : प्रशिक्षक साउथगेट

एजेन्सी। इङ्ल्यान्डका मुख्य प्रशिक्षक गारेथ साउथगेटले रक्षक एलेक्जेन्डर–आर्नोल्डको अवस्था राम्रो नभएको बताएका छन्। युरो–२०२०का लागि एलेक्जेन्डर–आर्नोल्डसहित चार ‘राईट ब्याक’ लाई टिममा राखेपछि साउथगेटको आलोचना भएको थियो। तर चोटका कारण एलेक्जेन्डर–आर्नोल्ड खेल्ने अनिश्चित भएको छ। प्रशिक्षक साउथगेट भन्छन्, ‘‘अवस्था राम्रो छैन। उनी राम्रोसँग हिँड्न पनि सकेका छैनन्। ४८ घण्टासम्म हामी अझै विस्तृतमा निरीक्षण गर्नेछौं।’’

सम्बन्धित सामग्री

अब टी–२० विश्वकपतर्फ ध्यान - प्रशिक्षक देसाई

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले यो वर्ष नेपाली क्रिकेटका लागि धेरै राम्रो भएको उल्लेख गर्दै अब आईसीसी टी–२० विश्वकपतर्फ ध्यान रहेको बताएका छन् ।आज आइतवार फाइनल खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रशिक्षक देसाईले ओमानसँगको हारबाट हतोत्साहित हुनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै समग्रमा यो वर्ष नेपाली खेलाडीले धेरै राम्रो गरेको धारणा राखे ।याे वर्ष नेपाली खेलाडीले धेरै मेहनत गरेको उनकाे भनाइ छ ।देसाईले आजकाे खेलमा नेपालले ब्याटिङमा राम्रो गरे पनि बलिङमा 'पावर प्ले' म...

प्रशिक्षक एन्सेलोटीले भने : रियल मड्रिडमै रहन्छु

६ जेठ, काठमाडौं । रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले क्लबले आफूलाई निरन्तरता दिने बताएका छन् । एन्सेलोटी ब्रजिलको प्रशिक्षकका लागि सम्वादमा छन्, तर रियल मड्रिडसँग पनि सम्झौता अवधि बाँकी नै छ । ‘मेरो अवस्था के छ भन्ने सबैलाई थाहा छ’, उनले भने, ‘२०२४ को सिजनसम्म मेरो सम्झौता छ र म क्लबमै रहन चाहन्छु ।’ क्लबले […]

प्रशिक्षक भट्ट भन्छन्- हारे पनि निराश हुनुपर्ने अवस्था छैन

११ पुस, काठमाडौं । प्रमुख प्रशिक्षक जगदीश भट्टले काभा यू–२३ भलिबलमा आफ्नो टिम जितविहीन रहे पनि खेलाडीको प्रदर्शनबाट पूर्ण सन्तुष्ट रहेको बताएका छन् । सिनियर राष्ट्रिय टिमका समेत प्रशिक्षक रहेका भट्टले पहिलो अनुभव र कमजोर तयारीका बीच बलिया विपक्षीसँग नेपालको प्रदर्शनबाट निराश हुनुपर्ने अवस्था नरहेको दावी गरे । सेन्ट्रल एसिएन भलिबल एशोसिएसन (काभा)को आयोजनामा बंगलादेशमा […]

राप्रपाले चुनावलक्षित केन्द्रीय प्रशिक्षक प्रशिक्षण गर्दै

काठमाडाैँ- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले देशभर प्रशिक्षण अभियान सञ्चालन गर्न केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम गर्ने भएको छ। शनिबारदेखि काठमाडौँमा हुने प्रशिक्षक प्रशिक्षणमा सातवटै प्रदेशबाट सहभागिता रहनेछ। स्थानीय तहको निर्वाचनको परिणाम, पार्टीको सांगठनिक अवस्था, आगामी प्रदेश र संघको निर्वाचनमा पार्टीको रणनीति, पार्टीको सैद्धान्तिक वैचारिक पक्षमा देशभरका कार्यकर्तालाई प्रशिक्षित तुल्याउने उद्देश्यले राप्रपाले प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न […]

चुनावको तयारीमा राप्रपा, केन्द्रीय प्रशिक्षक प्रशिक्षण गर्दै

राप्रपाले देशभर प्रशिक्षण अभियान सञ्चालन गर्न केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । शनिबारदेखि काठमाडौंमा हुने प्रशिक्षक प्रशिक्षणमा सातवटै प्रदेशबाट सहभागिता रहनेछ । स्थानीय तहको निर्वाचनको परिणाम, पार्टीको सांगठनिक अवस्था, आगामी प्रदेश र संघको निर्वाचनमा पार्टीको रणनीति, पार्टीको सैद्धान्तिक वैचारिक पक्षमा  देशभरका कार्यकर्तालाई प्रशिक्षित तुल्याउने उद्देश्यले राप्रपाले प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको सो पार्टीका उपाध्यक्ष एवं प्रशिक्षण विभागका प्रम

अचेत भएका प्रशिक्षक अब्दुल्लाहको अवस्था सामान्य, भएको के थियो ?

अचेत भएर मैदानमा ढलेका नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीको अवस्था सामान्य देखिएको छ । कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा नेपाल र कुवेतबीचको खेलको दोस्रो हाफमा टेक्निकल एरियामा उभिएका प्रशिक्षक अल्मुताइरी सोही स्थानमा लड्न पुगेका थिए । उनी लडेसँगै सहायक प्रशिक्षक किरण श्रेष्ठ उठाउन पुगेका थिए । तर, उनी अचेत भइसकेका थिए ।सोही समयमा नेपालले कुवेतसँग दोस्रो गोल खान पुगेको थियो । खेलको ४८औं मिनेटमा कुवेतले काउन्टरमा बल बढाउँदा प्रशिक्षक अब्दुल्लाह लड

मुख्य प्रशिक्षक अलमुताइरी मैदानमै बेहोस : स्वास्थ्य अवस्था सामान्य

काठमाडौं – कुवेतविरुद्धको खेल जारी रहेकै समयमा नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी मैदानमै बेहोस भएका छन्। एएफसी एसियन कप छनोट अन्तर्गतको खेलमा प्रशिक्षक अलमुताईरी मैदानमै बेहोस् भएर लडेका हुन्। अखिल नेपाल फुटबल संघ एन्फाले प्रशिक्षक अलमुताईरीको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ। कुवेतविरुद्धको खेल जारी रहेको समयमा मैदानको टेक्निकल एरियामा बेहोस हुँदै […]

कस्तो छ, खेलमैदानमै बेहोश भएका अलमुताईरीको स्वास्थ्य अवस्था ?

कुवेतविरुद्धको खेलमा अचेत हुँदै मैदानमा ढलेका नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको स्वास्थ्य अवस्था सामान्य देखिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले मुख्य प्रशिक्षक अलमुताईरीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।एएफसी एसियन कप छनोट अन्तर्गत अहिले भर्खरै सकिएको कुवेतविरुद्धको खेल दौरान अलमुताईरी मैदानको टेक्निकल एरियामा बेहोस हुँदै ढलेका थिए।मैदानमा अचेत भएपछि उनलाई मेडिकल टिमले प्राथमिक उपचारपछि अस्पताल पुर्याएको थियो ।उनलाई मैदानमै अक्सिजन लगाएर अस्पताल लगिए

प्रशिक्षक अलमुताइरी डिस्चार्ज भए

काठमाडौं (हाम्रो खेलकुद) – स्वास्थ्य अवस्था सामान्य रहेकाले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी अस्पताल बाट डिस्चार्ज भएका छन् । एएफसी एसियन कप २०२३ को छनोटको तेस्रो चरण अन्तर्गत घरेलु टोली कुवेतसँगको शनिबार भएको खेलका दौरान अलमुताइरी टेक्निकल एरियामा अचेत भएर ढलेपछि थप उपचारका लागि उनलाई फारवानिया अस्पताल लगिएको थियो ।टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले […]

प्रशिक्षक अलमुताइरीलाई एक दिन अस्पतालमै राखिने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको अवस्था समान्य रहेको बताइएको छ । एएफसी एसियन कप २०२३ को छनोटको तेस्रो चरण अन्तर्गत घरेलु टोली कुवेतसँगको खेलका दौरान अलमुताइरी टेक्निकल एरियामा अचेत भएर ढलेपछि थप उपचारका लागि उनलाई फारवानिया अस्पताल लगिएको थियो । दोस्रो हाफको सुरुवातमै उनी अचेत भएर ढलेको र त्यसपछि […]