काठमाडौँ। नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारीलाई डेंगु संक्रमण भएको छ। सावित्रालाई ज्वरो आएपछि परिएको परीक्षणमा डेंगु संक्रमण पुष्टि भएको हो।
टिमका प्रशिक्षक कुमार थापाले सावित्रालाई डेंगु संक्रमण भएकोले आज हुने महिला साफ च्याम्पियनसीप अन्तर्गत श्रीलंकाविरुद्धको खेल गुमाउने जानकारी दिए।