मर्दी पदयात्रामा शुल्क उठाएको भन्दै पालिकाको सूचना केन्द्रमा तोडफोड

कास्की – मर्दी पदयात्रामा जाने पदयात्रीका लागि कास्कीको माछापुच्छ्रे गाउँपालिकाले शुल्क उठाउन बनाएको सूचना केन्द्रमा तोडफोड भएको छ । पालिकाले शुल्क उठाउँदा पर्यटक घटेको भन्दै पदयात्रा क्षेत्रमा होटल व्यवसाय चलाउँदै आएका व्यवसायीले कार्यालयमा तोडफोड गरेका हुन । उनीहरूले हुमाल (लो क्याम्प) मा रहेको सूचना केन्द्रमा तोडफोड गर्नुका साथै काम काजमा पनि समस्या बनाएको गाउँपालिकाका प्रवक्ता […]

सम्बन्धित सामग्री

मर्दी जाने पदयात्रीबाट महिना दिन नबित्दै १२ लाख रुपैयाँ संकलन

१८ मंसिर, पोखरा । कास्कीकोमाछापुच्छ्रे गाउँपालिकाले मर्दी तथा खुमैं–कोर्चाङ पदयात्रीबाट एक महिनामै १२ लाख रुपैयाँभन्दा बढी प्रवेश शुल्क उठाएको छ । गाउँपालिकाले कात्तिक १७ गतेबाट स्वदेशी तथा विदेशी पर्यटकबाट प्रवेश शुल्क उठाउन सुरु गरेको थियो । गाउँकार्यपालिका सदस्य राम गुरुङका अनुसार मंसिर १ गते मर्दी र खुमैं दुवैमा सर्वाधिक पदयात्री पुगेका थिए । उनले मर्दीमा […]

पर्यटकसँग शुल्क उठाएपछि मर्दीमा पर्यटक घटेको गुनासो

पोखरा – माछापुच्छ्रे गाउँपालिकाले लोक्याम्पबाट पर्यटकसँग शुल्क उठाउन थालेपछि मर्दी पदमार्ग क्षेत्रका व्यवसायी रुष्ट बनेका छन्। गाउँपालिकाको कदमले पर्यटनमा गम्भीर असर गरेको उनीहरुको ठहर छ। मर्दी ट्रेक पर्यटन व्यवस्थापन तथा व्यवसायी समितिले गम्भीर आपत्ति जनाउदै गाउँपालिकाको ध्यानाकर्षणसमेत गराएको छ। दोहोरो कर प्रणालीले गर्दा पर्यटकको आगमनमा कमी आएको समिति अध्यक्ष राजकुमार तामाङले बताए। उनका अनुसार गाउँपालिकाले […]

अब मर्दी हिमालसँगै खुमैं, कोर्चाङ ट्रेकिङ जान शुल्क बुझाउनुपर्ने

१० कात्तिक, पोखरा । माछापुच्छ्रे गाउँपालिकाले आफ्नो पालिकाभित्रका पदमार्गमा आउने पदयात्रीबाट शुल्क उठाउने भएको छ । पदमार्गको पूर्वाधार विकास गर्न पदयात्रीबाट शुल्क उठाउने निर्णय गाउँ सभाले नै गरेको कार्यपालिका सदस्य राम गुरुङले जानकारी दिए । पालिकाभित्र पदयात्रा गर्न आउने विदेशी पदयात्रीलाई ५ सय र नेपाली पदयात्रीलाई १ सय रुपैयाँ तोकिएको छ । ‘यो यही हप्ताभित्रै लागू […]

पर्वतीय उडानतर्फ आकर्षण बढ्दै

कास्की । पर्यटकीय नगरी पोखरामा पर्वतीय उडानतर्फ आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । विगतमा पर्वतीय उडानमा विशेषतः विदेशी पर्यटकको मात्रै आकर्षण देखिने गरेकोमा पछिल्ला वर्षमा आन्तरिक पर्यटक पोखरामा आएर पर्वतीय उडानमा सहभागी बन्दै पोखरा र आसपासका हिमाली तथा पहाडी दृश्य नियाल्ने गरेका छन् । पोखराबाट हेलिकोप्टर चढी पर्यटक नजिकैका माछापुच्छ्रे, मर्दीलगायत हिमालको अवलोकन गर्न मर्दी हाइक्याम्प तथा आधार शिविर, कोरी हिमाल, कफुचे हिमताललगायतको अवलोकन गर्न पुग्ने गरेको सत्यम् हेली सर्भिसका सञ्चालक अमृत अधिकारीले जानकारी दिए । पछिल्लो समयमा पोखरा आउने आन्तरिक पर्यटक पर्वतीय उडानतर्फ आकर्षित हुने गरेका छन् । सत्यम् हेली सर्भिसले फिष्टेल एयरको हेलिकोप्टर भाडामा लिएर पर्यटकलाई सेवा प्रवाह गरिरहेको छ । पोखराबाट कोरी हिमालका लागि प्रतिव्यक्ति २५ हजार, मर्दी हिमालका लागि प्रतिव्यक्ति २० हजार र पोखरा सिटीअन्तर्गत विश्वशान्ति स्तुप, पुम्दीकोट विशाल महादेवमूर्ति, सराङकोटलगायतका स्थानको अवलोकनका लागि प्रतिव्यक्ति १० हजार शुल्क लिने गरेको अधिकारीले बताए ।     पोखराबाट मुक्तिनाथ जाने पर्यटकका लागि एउटा उडानको दुई लाखसम्म लिने गरिएको छ । एउटा उडानमा पाँच जनासम्म सहभागी बन्न सक्ने क्षमता रहेको अधिकारीले जानकारी दिए । पोखरा आउने पर्यटकमा पछिल्ला दिनमा खर्च गर्ने क्षमता पनि बढेको व्यवसायी बताउँछन् । पोखराबाट प्रभु र डाइनेस्टी एयरले पनि पर्वतीय उडान गरिरहेका छन् । रासस