पाण्डेले जिते पेप्सी ओपन गल्फ स्पर्धाको उपाधि

काठमाडौं (अस) । गोकर्ण गल्फ क्लबमा भएको पेप्सी ओपन गल्फ प्रतियोगिताको उपाधि भाइराजा पाण्डेले जितेका छन् । पाण्डेले विजय श्रेष्ठ इनहाउस र टेन्डी शेर्पासँग ३६ अंकमा बराबरी गरेका थिए । उनले काउन्ट ब्याक ब्याक नाइनमा १९ स्कोर बनाएर उपाधि जितेका थिए श्रेष्ठले १७ र शेर्पाले १६ स्कोर बनाए । विजय श्रेष्ठ इनहाउसले स्क्र्याचसँग खेल्दै (शून्य) ह्यान्डिक्याप उपविजेता बने । सद्भाव आचार्यले ३७ ग्रोस अंकका साथ बेस्ट ग्रसको उपाधि जिते । (६० वर्षााथि) का टेन्डी शेर्पा ३६ अंकका साथ विजेता भए । महिलातर्फ ३२ अंकका साथ कश्मिरा शाहले उपाधि जितिन् भने रेखा घिमिरे २८ अंकका साथ उपविजेता भइन् । आश्र्या बस्न्यात ३९ अंक जोडेर जुनियर विजेता भइन् । मार्कस डबलार्डले सबैभन्दा नजिकको पिन र धुन्दुल नामग्यालले सबैभन्दा लामो ड्राइभ जितेका थिए । वरुण बेभरेज (नेपाल) प्रालिले प्रायोजन गरेको प्रतियोगितामा सबै ९५ गल्फ खेलाडीले सहभागिता जनाएका थिए । प्रतियोगिता ३/४ ह्यान्डिक्यापसहित स्टेबलफोर्ड फम्र्याटमा खेलाइएको थियो । प्रतियोगिता विजेतालाई वरुण बेभरेज प्रालिका मार्केटिङ हेड डा. ली हमन्थ वाङ्सुल, मार्केटिङ म्यानेजर पुलकित कोन्डोई, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र क्याप्टेन जोसेफ नाथनले ट्रफी हस्तान्तरण गरे ।

सम्बन्धित सामग्री

टासीले जिते पेप्सी गल्फ

टासी छिरिङले गोकर्ण गल्फ क्लबमा शनिबार भएको पेप्सी ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । उनले २६ स्टेबलफोर्ड अंकका साथ उपाधि जिते । सोनम नोर्बु लामासँग टाइ भए पनि काउन्ट ब्याकका आधारमा टासीले उपाधि जिते । वर्षाले गर्दा १८ होलको खेल ११ होलमा घटाइएको थियो । टासीले अन्तिम ६ होलमा १४ अंक बटुल्दा सोनमले १२ अंक थियो । टासीले सर्वाधिक बर्डिजको अवार्ड पनि जिते । उनले ६ बर्डिज प्रहार गरे । सोनम उपविजेता भए ।

पेप्सी ओपन गल्फको उपाधि पाण्डेलाई

गोकर्ण गल्फ क्लबमा भएको पेप्सी ओपन गल्फ प्रतियोगिताको उपाधि भैरजा पाण्डेले जितेका छन् ।११ अपांगता भत्तामा खेल्दै गरेका पाण्डेले विजय श्रेष्ठ इनहाउस र टेन्डी शेर्पासँग ३६ अंकमा बराबरी गरेका थिए । उनले काउन्ट ब्याकमा ब्याक नाइनमा १९ रन बनाएर उपाधि जितेका हुन् । इनहाउसले १७ र शेर्पाले १६ रन बनाए । विजय श्रेष्ठ इनहाउसले स्क्र्याचसँग […]

पेप्सी ओपन गल्फ प्रतियोगिताको उपाधि भैरजा पाण्डेलाई

काठमाडौं । गोकर्ण गल्फ क्लबमा भएको पेप्सी ओपन गल्फ प्रतियोगिताको उपाधि भैरजा पाण्डेले जितेका छन् । ११ अपांगता भत्तामा खेल्दै गरेका पाण्डेले विजय श्रेष्ठ इनहाउस र टेन्डी शेर्पासँग ३६ अंकमा बराबरी गरेका थिए । उनले काउन्ट ब्याकमा ब्याक नाइनमा १९ रन बनाएर उपाधि जितेका थिए भने इनहाउसले १७ र शेर्पाले १६...

पेप्सी गल्फ प्रतियोगिता शनिबार

काठमाडौं (हाम्रो खेलकुद)– बरुण बेभरेज नेपालको प्रायोजनमा शनिबार पेप्सी ओपन गल्फ प्रतियोगिता आयोजना हुने भएको छ । पेप्सी गल्फको यो पाँचौं संस्करण हो । नेपालको एमेच्योर गल्फ विकासमा सहयोग पुर्याउने उद्देश्यले बरुण बेभरेजले गल्फ प्रतियोगिताको सुरुवात गरेको जनाएको छ । कोभिड १९ का कारण पछिल्लो दुई संस्करण भने हुन सकेन । गोकर्ण गल्फ कोर्समा शनिबार […]

दोस्रो पेप्सी ओपन गल्फ हुने

पेप्सी ओपन गल्फ प्रतियोगिताको दोस्रो संस्करण शनिबार हुने भएको छ । गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगिताको सम्पूर्ण प्रायोजन वरुण बेभरेजको उत्पादन पेप्सीले गर्नेछ । प्रतियोगितामा करिब ९० खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक दीपक आचार्यले जानकारी दिए ।

दोस्रो संस्करणको पेप्सी ओपन गल्फ शनिबार

काठमाडौं । दोस्रो संस्करणको पेप्सी ओपन गल्फ प्रतियोगिता शनिबार रोयल नेपाल गल्फ क्लबमा हुने भएको छ । एक दिने