केपिलासगढीमा तोरी फलाउने किसानलाई अनुदान रकम वितरण

खोटाङ, ९ साउन । केपिलासगढी गाउँपालिकाले व्यावसायिकरूपमा तोरी उत्पादन गर्ने किसानलाई अनुदान बापतको रकम उपलब्ध गराउन थालेको छ । आर्थिक वर्ष २०७९/०८० को गाउँसभाबाट स्वीकृत कृषि विकास कार्यक्रमअन्तरगत गाउँपालिकाले व्यवसायिकरूपमा तोरी उत्पादन किसानलाई खेती गरेको जग्गाको क्षेत्रफल र उत्पादन भएको तोरीको मात्राको आधारमा मूल्याङ्कन गरेर अनुदान बापतको रकम उपलब्ध गराउन थालेको होे । गाउँपालिकाले वडा […]

सम्बन्धित सामग्री

दुग्ध किसानलाई अनुदान

रीतिका डेरी उद्योगले दूध उत्पादन गर्दै आएका झापा र इलामका किसानलाई रू ४७ लाख १८ हजार अनुदान रकम वितरण गरेको छ ।

गहुँको बीउ उत्पादन गरेका किसानलाई अनुदान रकम प्रदान

कृषि ज्ञान केन्द्र चितवनले गहुँको बीउ उत्पादन गरेका किसानलाई अनुदान रकम प्रदान गरेको छ। भरतपुर महानगरपालिका १४ पटिहानीमा रहेको उन्नत वीज वृद्धि कृषक समुहमा आवद्ध ४ सय२८ जना किसानलाई अनुदान रकम वितरण गरेको हो।...

दुग्ध किसानलाई दुई रूपियाँ अनुदान

पनौती नगरपालिका–८ मा रहेको खरीबोट दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडले उक्त सहकारीमार्फत दूध बेच्ने किसानलाई अनुदान रकम वितरण गरेको छ । बागमती प्रदेश सरकारले सहकारीमार्फत दूध बिक्री गर्ने किसानलाई प्रतिलिटर दुई रुपियाँ प्रोत्साहनमा आधारित कार्यक्रममार्फत अनुदान दिँदै आएको छ । सोही रकम उक्त सहकारीले शुक्रबार एक कार्यक्रमका बीच दुग्ध किसानलाई वितरण गरेको थियो । खरीबोट दुग्ध उत्पादन सहकारी संस्थाका व्यवस्थापक एवं पनौती नगरपालिका–८ का वडाध्यक्ष केशव बन्जाराले १०६ किसानलाई अनुदानको रकम वितरण गरेको बताउनुभयो । उहाँका अनुसार सहकारीमार्फत एक वर्षमा सङ्कलन भएको तीन लाख १९ हजार १४४ लिटर दूधको दुई रुपियाँका दरले छ लाख ३८ हजार २८८ रुपियाँ बागमती सरकारले अनुदान दिएको थियो ।