दमौली (तनहुँ) – तनहुँको भिमाद नगरपालिका–६ का महिलाहरु आयआर्जनतर्फ अग्रसर भएका छन्। मातृ शिशु कल्याण आमा समूहले सर्फ उद्योग सञ्चालनमा ल्याएसँगै समूहमा आबद्ध महिलाहरु आत्मनिर्भर बन्न आयआर्जनतर्फ अग्रसर भएका हुन्। महिलालाई आयआर्जन गरी आत्मनिर्भर बनाउने उद्देश्यले सर्फ उद्योग सञ्चालन गरिएको आमा समूहकी सचिव सीता सुवेदीले बताइन्। उनले भनिन्, “घरायसी काममा मात्रै व्यस्त हुने महिलालाई समेटेर […]