काठमाडौं : ‘जीवितै छु।’ पत्रकार लालबहादुर बिश्वकर्मा (एलबी) ले एक हप्ता पहिले मात्रै आफ्नो फेसबुक वालमा यहि शब्द लेखेर पोष्ट गरेका थिए। मुसुक्क हाँसेको आफ्नै फोटोसहित पोष्ट्याएका एलबी त्यसको एक हप्तापछि अर्थात यो समाचार लेख्दासम्म उनी जीवित छैनन्।सधैँ अरुको समाचार लेख्ने २६ वर्षीय जुझारु पत्रकार एलबी जीवित नरहेको समाचारले सञ्चारमाध्यमहरू भरिएका छन्। आफू जीवितै रहेको स्टाटस पोष्ट गरेको भोलिपल्ट एलबीले नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले आफ्नो कोभिड अनुभव र सरकारी अस्पतालको प्रवृति