नेपाल उद्योग वाणिज्य संघले चालू आर्थिक वर्ष २०७८/७९ का लागि पेश भएको बजेटबारे छलफल गर्न बैठक डाकेको छ । सरकारले गत साताको शुक्रबार प्रतिनिधि सभामा बजेट पेश गरेपछि त्यसको प्रतिक्रिया महासंघले अहिलेसम्म दिएको छैन ।सोही विषयमा छलफल गर्न आज महासंघको सचिवालयमा बैठक बस्ने महासंघका अध्यक्ष शेखर गोल्छाले रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘सरकारले बजेट ल्याएपछि डण्डी उद्योगी दुई धारमा बाँडिएका छन् । यही विषयमा समेत छलफल हुने छ ।’ यसबाहेक, अन्य विषयमा समेत महासंघको बैठकमा छलफल हुने गोल्छाले