काठमाडौँ- सरकारले वैशाख २० गते मंगलबार ईदको सार्वजनिक विदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै मंगलबार इदको सार्वजनिक बिदा दिने निर्णय गरेको हो। राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मालम्बीहरुको पर्व ईद (ईद उल फित्र)का दिन विदा सार्वजनिक विदा दिने व्यवस्था भएको गृहमन्त्रालयले जानकारी गरएको छ।