करिब एक वर्ष अघिदेखि नेतृत्वविहीन बनेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिलेन्द्रप्रसाद बडूले पाएका छन् । विभागीय मन्त्रालय खाली भएको ११ महिनापछि नेतृत्व सम्हाल्न मन्त्री बडू आइपुगेका हुन् । सर्वोच्चको आदेशसँगै असार २९ गते प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन हुनुभन्दा अघिदेखि नै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय खाली थियो ।यही वर्षको जेठ ६ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले असंवैधानिक व्याख्या गरे