रेकर्ड तोड्दै कोरोना ग्राफ : सक्रिय सङ्क्रमित ४७ हजार नाघे

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा संक्रमितको सङ्ख्या ४७ हजार ९२९ पुगेको छ । काठमाडौं उपत्यकामा मात्रै ३० हजार २०८ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये ४६ हजार ५१५ जना होम आइसोलेसन छन् । त्यस्तै एक हजार ४१४ जना संस्थागत आइसोलेसन रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये आइसीयूमा १६९ र भेन्टिलेटरमा २८ जना उपचाररत छन् । प्रदेश अनुसार प्रदेश १ मा २३ जना आइसीयू र आठ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । प्रदेश २ मा तीनजना आइसीयूमा, बागमती प्रदेशमा ९७ आइसीयूमा र १८ जना भेन्टिलेटरमा उपचाररत छन् ।

सम्बन्धित सामग्री

भारतमा उकालो लाग्दै ‘कोरोना ग्राफ’, २१ हजार ५ सय नयाँ सङ्क्रमित थपिए

काठमाडौँ- भारतमा बितेका २४ घण्टामा २१ हजार पाँच सय ६६ सङ्क्रमित फेला परेका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ । हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३८ लाखभन्दा बढी पुगेको छ । भारतमा हाल एक लाख ४८ हजार आठ सय ८१ जना सक्रिय सङ्क्रमित छन् । पछिल्लो एक दिनमा १८ हजार […]

यसकारण उकालो लाग्दैछ कोरोना सङ्क्रमणको ग्राफ

काठमाडौँ- कोरोना भाइरसको सङ्क्रमण एक हप्तादेखि उकालो लागेको छ । गत असार २६ गते पहिलो पटक १०० भन्दा बढी रहेको सङ्क्रमितको सङ्ख्या आजसम्म आइपुग्दा सङ्क्रमण ४५७ पुगेको छ । असार २६ गते १२१ मा सङ्क्रमण र ६७८ सक्रिय सङ्क्रमित रहेकोमा आज सक्रिय सङ्क्रमित एक हजार ७७६ पुगेका छन् । आइतबार साउन १ गते र आज […]

भक्तपुरमा उकालो लाग्दै ‘कोरोना ग्राफ’

भक्तपुरमा कोरोना सङ्क्रमितको ‘ग्राफ’ उकालो लागेको छ । पछिल्लो समय जिल्लामा दैनिक ५०० भन्दा धेरै सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा आइतबार २५८ पुरुष र २७२ महिला गरी ५३० जना नयाँ सङ्क्रमित थपिए । त्यस्तै यही माघ ८ गते शनिबार ९६८, ७ गते ६२७, ६ गते  ५६४ सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालयमा प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिनुभयो । सङ्क्रमितको सङ्ख्या बढेसँगै जिल्लामा सक्रिय सङ्क्रमित सङ्ख्यासमेत ह्वात्तै बढेको छ । जिल्लामा आइतबारसम्म सक्रिय सङ्