नेकपा माओवादी केन्द्रको अन्तरघात समितिले स्थानीय तह निर्वाचनमा अन्तर्घात भएको निष्कर्षसहितको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको छ । टंक राईको नेतृत्वको छानविन समितिले अन्तरघातको आरोप लागेका नेता कार्यकर्तासँग बयान लिएर तयार पारिएको प्रतिवेदन सोमबार बुझाएको हो ।प्रतिवेदनमा स्थानीय तहको निर्वाचनमा देशका विभिन्न ठाउँमा अन्तरघात भएको निष्कर्ष निकाल्दै गल्ती गर्नेलाई निष्कासन, निलम्बन र चेतावनीको कारवाही गर्न सुझाव दिएको छ । समितिको प्रतिवेदन बुझ्दै अध्यक्ष प्रचण्डले आयो