भैरहवा र पोखराको मौसम बिग्रेपछि रेसुङ्‍गामा उडान रद्द

२२ भदौ, गुल्मी । पोखरा र भैरहवाको मौसम बिग्रिएपछि शुक्रबार निर्धारित नेपाल एयरलाइन्सको काठमाडौं–रेसुङ्‍गा उडान रद्द भएको छ । गन्तव्य विमानस्थलसँगै वैकल्पिक विमानस्थलको समेत मौसम राम्रो हुनुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको कडा नियमका कारण शुक्रबार रेसुङ्‍गामा निर्धारित उडान रद्द गर्नुपरेको बताइएको छ । रेसुङ्‍गा विमानस्थलमा जहाज अवतरण गर्न नसक्दा विकल्पका रुपमा पोखरा या भैरहवा तोकिएको […]

सम्बन्धित सामग्री

प्रतिकूल मौसमले आन्तरिक हवाई उडान प्रभावित

१६ भदौ, काठमाडौं । प्रतिकूल मौसमका कारण आइतबार आन्तरिक उडानहरू प्रभावित बनेका छन् । वायुसेवा कम्पनीहरूका अनुसार आइतबार काठमाडौं–तुम्लिङटार क्षेत्रका उडानहरू रद्द भएका छन् । पोखरा–नेपालगञ्ज, पोखरा–भरतपुर र पोखरा–भैरहवा रुटमा समेत उडान रद्द भएको बुद्ध एयरले जनाएको …

भारी वर्षाले ७४ आन्तरिक उडान रद्द

भारी वर्षाका कारण आइतबार कम्तीमा ७४ वटा उडान रद्द भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार साँझ ७ बजेसम्म काठमाडौंबाट सुगम रुटअन्तर्गत भद्रपुर, तुम्लिङटार, विराटनगर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगन्ज, सुर्खेत र धनगढीका दुईतर्फी गरी ७४ वटा उडान रद्द भएका हुन् ।

बुधबार सिमरामा निर्धारित सबै उडान रद्द

१३ पुस, काठमाडौं । प्रतिकूल मौसमका कारण बुधबार सिमरामा निर्धारित सबै हवाई उडान रद्द भएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार कम भिजिबिलिटीका कारण यो विमानस्थलमा बुधबार कुनै पनि उडानहरु हुन सकेनन् । बाक्लो हुस्सुका कारण तराईका विमानस्थलमा हरेक दिनजसो उडान प्रभावित भएको छ । जसले हजारौं यात्रुले समस्या भोग्नु परेको छ । मंगलबार भैरहवा, […]

भैरहवाबाट हुने सबै हवाई उडान रद्द, कुहिरोले ढाक्यो विमानस्थल

बिहीबार बिहानैदेखिको बाक्लो कुहिरोका कारण भैरहवा-काठमाडाैं रुटका सम्पूर्ण हवाई उडान रद्द भएका छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक तथा प्रवक्ता सुवास झाले बाक्लो कुहिरोले ढाकेका कारण बिहीबार सम्पूर्ण हवाई उडान रद्द भएको बताए । ‘बिहीबारलाई हवाई उडान हुन सक्ने सम्भावना कम छ’ झाले भने, ‘साँझ भएपछि हुस्सु झन बाक्लिँदै जान थालेको छ ।’

उडान धमाधम रद्द र डिले हुन थालेपपछि वायुसेवा कम्पनीले भने : फोन गरेर आउनुहोस

१० चैत, काठमाडौं । त्रिभुवन विमानस्थलको सूचना प्रणाली तथा राडारमा आएको खराबीका कारण बिहीबार बिहानैबाट आन्तरिक तथा बाहृय दुवै तर्फका उडान प्रभावित बनेका छन् । जसले गर्दा आज बिहानका लागि निर्धारित विभिन्न सेक्टरका उडान रद्द भएका छन् । यति एयरलाइन्सका अनुसार पोखरा, भैरहवा र विराटनगरका लागि निर्धारित तीन उडान रद्द भइसकेको छ । अन्य उडानहरू […]

वर्षा र हिमपातका कारण आन्तरिक उडान प्रभावित

काठमाण्डाै – वर्षा र हिमपातका कारण आन्तरिक उडान प्रभावित भएका छन् । पोखरा, संखुवासभाको तुम्लिङटार, ताप्लेजुङ, भोजपुर, डोल्पा, लुक्ला, सिमिकोट लगायतका ठाउँका सबै उडान रद्द भएका छन् । नेपालगञ्ज, भैरहवा र विराटनगरमा भने ढिलो गरी उडान सुरु भएको त्रिभुवन विमानस्थल कार्यालय का प्रवक्ता पूर्ण चुडालले जानकारी दिनुभयो । काठमाण्डौ उपत्यकासहित देशभर नै रातिदेखि पानी परिरहेको छ । काठमाण्डौसहित पहाडी र हिमाली जिल्लामा हिमपात भएको छ ।

लगातारको झरीले आन्तरिक उडान प्रभावित, पोखराका धेरैजसो उडान रद्द

काठमाण्डाै - देशका धेरैजसो ठाउँमा परिरहेको झरीले आन्तरिक उडान प्रभावित भएको छ । त्रिभुवन विमानस्थलका अनुसार काठमाण्डौबाट हुने कुनै पनि उडान समयमा भएका छैनन् । भरतपुर, भैरहवा, नेपालगञ्ज लगायतका ठाउँमा हुने उडानमा ढिलाइ भएको छ । भरतपुरमा बिहान रोकिएको उडान अहिले ढिला गरी सुरु भएको छ । तर  काठमाण्डौबाट पोखराको लागि हुने एउटा पनि उडान हुन सकेको छैन । विमानस्थल कार्यालयका अनुसार बिहान पोखराका लागि तय भएका उडान एअरलाइन्स कम्पनीले रद्द गरेका छन् । मौसममा सुधार भएमा पोखराको लागि बेलुकाका उडान भने सञ्...

हुस्सुले तराई तथा दुर्गम भेगका जिल्लाको उडान प्रभावित

काठमाडौं । हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने तराई तथा दुर्गम भेगका विभिन्न जिल्लाको उडान प्रभावित भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुने तराईका विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्जलगायत गन्तव्यको उडान दुई दिनदेखि प्रभावित भएको हो । बाक्लो हुस्सुले आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने सामान्य रहेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले प्रतिकूल मौसमका कारण तराईका अधिकांश गन्तव्यको उडान प्रभावित भएको बताउनुभयो । उहाँका अनुसार सोमबार तराई तथा पहाडी क्षेत्रका विमानस्थल ८८ उडान तालिका रहेकामध्ये ४० उडान रद्द भए । आज पनि ८८ उडान तालिका रहेको छ । बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्सलगायत कम्पनीको उडान रद्द भएपछि यात्रुले निकै सास्ती बेहोर्नुपरेको छ । उडान नभएपछि गन्तव्य हिँडेका यात्रु दिनभरजसो विमानस्थलमा अलपत्र परेका छन् । मौसम खराबीका कारण आज पनि तराईका अधिकांश स्थानमा उडान हुनसकेको छैन । सोमबार तराईका अधिकांश गन्तव्यको उडान रद्द भएका छन् यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाकाअनुसार सोमबार विराटनगरमा चार, सिमरामा तीन, भरतपुरमा दुई, नेपालगञ्ज र तुम्लिङ्टारमा समान एक एक उडान रद्द भए । यतीको आजका लागि तय भएको विराटनगर र भद्रपुर गन्तव्यमा अहिलेसम्म पनि उडान हुनसकेको छैन । विराटनगरमा चार उडान तालिका छ । भद्रपुरको दुई उडानमध्ये एक रद्द गरिएको कम्पनीले जनाएको छ । बुद्ध एयरको मात्रै सोमबार २८ उडान रद्द भएको थियो । बुद्धको विराटनगरमा सात, सिमरा र भैरहवामा समान पाँच उडान भएन । बुद्धले आज पनि विराटनगरमा सात उडान राखेको छ । मौसमको खराबीले अहिलेसम्म उडान भएको छैन । यस्तै सोमबार श्री एयरलाइन्सको तीन र सौर्यका दुई उडान रद्द भएको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका तराई भू–भागका धेरैजसो स्थानमा हुस्सुरकुहिरो लागेको छ । विमानको समयमा तराईमा लागेको हुस्सु कुहिरो अपरान्हसम्म रहने र हुस्सुका कारण राम्रोसँग घाम नलाग्ने भएकाले चिसोबाट बच्ने उपाय अपनाउनका साथै यात्रामा पर्नसक्ने जोखिम र अन्य प्रभावबाट ...