चीनको बिरोधका वावजूद ताइवान भ्रमण गर्नुभएकी अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसी र उनको निकटतम परिवारका सदस्यविरुद्ध चीनले प्रतिबन्ध लगाएको छ । शुक्रबार चिनियाँ विदेशमन्त्रालयले सो निर्णयको घोषणा गर्दै अमेरिकी तीन शीर्ष अधिकारीहरूमध्येकी पेलोसीले देशको चासोलाई बेवास्ता गर्दै ताइवान भ्रमण गर्न जोड दिएका दिएको बताएको छ । यो भ्रमणले चीनको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप गर्ने, चीनको …
छोटो तर विवादास्पद ताइवान भ्रमण सकेर अमेरिकी सभामुख न्यान्सी पेलोसी फर्किनुभएको छ ।
२५ वर्षमा ताइवान भ्रमण गरेकी सबैभन्दा वरिष्ठ अमेरिकी राजनीतिज्ञ पेलोसीले राजधानी ताइपेईमा शीर्ष नेताहरूसँग भेटवार्ता गर्नुभएको थियो ।
यो भ्रमणबाट चीन–ताइवान र चीन–अमेरिकाबीच विवाद बढेको छ । चीनले यसअघि नै पेलोसीको भ्रमणलाई लिएर विरोध जनाएको थियो । भ्रमणको प्रतिक्रिया स्वरूप चीनले ताइवानबाट १६ किलोमिटर मात्र टाढा रहेको समुद्र वरपर सैन्य अभ्यास घोषणा गरेको छ ।
आजदेखि सुरु हुने पाँच दिन लामो अभ्यास विश्वका केही व्यस्त ...
१९ साउन, काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले ताइवानको सिमाना वरपर सैन्य अभियान सुरु गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियान झाओले ट्वीट गरेर सैन्य अभियान सुरु गरेको जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘पीएलए (चिनियाँ जनमुक्ति सेना)ले ताइवानको आसपास एक संयुक्त सैन्य अभियान सुरु गरेको छ । चीन […]
अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेपछि चीन सैन्य अभ्यासको घोषणा गरेको छ । यसअघि हिजो पनि चीनले ताइवान र मुख्य चिनियाँ भू–भागको अनौपचारिक विभाजन रेखामाथि युद्ध विमानहरू उडाएको थियो । उसले थप लडाकु विमान तैनाथ राखेको छ ।
अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीन–ताइवान तथा चीन–अमेरिकाबीच तनाव बढेको छ । चीनको विदेश मन्त्रालयले बेइजिङमा रहेकाे अमेरिकी राजदूत निकोलश बर्न्सलाई बोलाएर पेलोसीको ताइवान भ्रमणबारे विरोध जनाएको छ । चिनियाँ उप–विदेशमन्त्री से फेङले प...
सैन्य कारबाही गर्ने बेइजिङको चेतावनीका बाबजुद अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छन्। अमेरिकी नेभी र एयरफोर्सका २४ वटा फाइटर विमानको सुरक्षासहित उनी ताइपेइ पुगेकी हुन् l उनले आफूहरुको भ्रमण ताइवानको जीवन्त लोकतन्त्रप्रति अमेरिकाको समर्थनका लागि भएको बताएकी छन् ।
चीनको चेतावनीकाबीच अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुग्नुभएको छ । उहाँ गएराति उच्च सुरक्षाकाबीच ताइपेइको विमानस्थलमा अवतरण गर्नुभएको हो । उहाँ जहाजबाट ओर्लिँदै गरेको तस्बिर बीबीसीसहितका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् ।
पेलोसी ताइवानको संसद् भवन पुग्नुभएको छ । अमेरिकी सरकारले औपचारिक घोषणा नगरेको यो भ्रमणलाई निक्कै महत्वपूर्ण मानिएको छ । अमेरिकाले पेलोसीको भ्रमणअघि नै ताइवानको समुद्री क्षेत्रमा युद्धपोत तैनाथ गरिसकेको थियो । चीनले पनि सोमबारदेखि नै ताइवानको सीमा क्षेत्रको आकासमा विमान उडाउ...
काठमाडौं : चीनको चेतावनीकाबीच बाबजुद अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छन्।चीनको चर्को दबाबका बीच अघोषित भ्रमणमा पेलोसी मंगलबार राति ताइवान पुगेकी हुन्। चिनियाँ सेनाको अवरोध छिचोल्न मलेसियाबाट फिलिपिन्सको आकास हुँदै घुमाउरो बाटो रोजेर उनी ताइवान उत्रिन सफल भएकी हुन्। १९९७ यता यति उच्च अमेरिकी अधिकारीले गरेको यो पहिलो ताइवान भ्रमण हो। अमेरिकामा सभामुख राष्ट्रपतिको उत्तराधिकारीको सूचीमा दोस्रो नम्बरमा रहने गर्छन्। पेलोसीले आज ताइवानकी राष्ट्रपति साइ यिङ वेनलाई भेट्ने बताइएको छ। पेल
अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छिन्। पेलोसीको भ्रमणलाई लिएर चीनले अमेरिकालाई निरन्तर चेतावनी दिइरहेका बेला उनी ताइवान पुगेकी हुन्। रुसले समेत उनको भ्रमणलाई लिएर अमेरिकालाई चेतावनी दिएको थियो। पेलोसी ताइवान पुगेपछि रुसले समेत निन्दा गरेको छ।
एसियाली देशहरुको भ्रमणमा निस्किएकी पेलोसी मलेसिया हुँदै ताइवान पुगेकी हुन्। पेलोसीको भ्रमणको…
१७ साउन, काठमाडौं । अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी ताइवानको राजधानी ताइपेई पुगेकी छिन् । अमेरिकी नेभी र एयरफोर्सका २४ वटा फाइटर विमानको सुरक्षासहित ताइपेइ पुगेको पेलोसीले आफूहरुको भ्रमण ताइवानको जीवन्त लोकतन्त्रप्रति अमेरिकाको समर्थनका लागि भएको बताएकी छन् । उनले ट्वीट गर्दै ताइवानको नेतृत्वसँग साझा हितका साथै हिन्त प्रशान्त क्षेत्रलाई स्वतन्त्र र खुला क्षेत्रका रुपमा […]
काठमाडौं । अमेरिकाकाे तल्लो सदन प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसी आशंकापूर्ण रुपमा एशियाली भ्रमणमा निस्कनु भएको छ । औपचारिक रूपमा दक्षिण पूर्वी एशियाली देशहरू सिंगापुर, मलेसिया, दक्षिण कोरिया र जापानको भ्रमण गर्ने बताइएपनि उहाँ ताइवान पनि पुग्नसक्ने आशंका गरिएको छ । चीनको कम्युनिष्ट शासनको कट्टर आलोचक पेलोसीलाई राष्ट्रपति जो बाइडेन र अमेरिकी सेनालेसमेत अहिले ताइवान […]