काठमाण्डाै – आईएमई पे र श्रीयोग कन्सल्टिङ प्रालीबीच सम्झौता भएको छ । सम्झौताअनुसार आईएमई पे श्रीयोग डट कमको डिजिटल भुक्तानी सेवा प्रदायक रहनेछ ।
श्रीयोग डट कमलाई डिजिटल भुक्तानी प्रक्रिया सहज गराउने उद्देश्यका साथ यो सम्झौता गरिएको हो । श्रीयोग डट कमका दक्ष कामदारले आफ्नो सेवा बमोजिमको भुक्तानी रोजगारदाताबाट आईएमई पेको माध्यमबाट प्राप्त गर्न सक्नेछन् ।
यही माघ २५ गतेदेखि सञ्चालनमा रहने यो सम्झौतापछि सेवाग्राहीलाई डिजिटल प्रविधिको प्रयोग गरी आर्थिक कारोबार गर्ने बानीको विकाश हुँदै जाने दुवै कम्पनीले विश्वास राख...