गलकोटमा सङ्घीय सरकारको अनुदानमा अस्पताल भवन निर्माण हुँदै - NepaliPatra

बागलुङ । सङ्घीय सरकारको विशेष अनुदानमा बागलुङको काठेखोला गाउँपालिकाको रेशमा पाँच शय्याको आधारभूत अस्पताल निर्माण गरिएको छ । ३ करोड ६४ लाख ६५ हजारको लागतमा गत वर्ष देखि अस्पताल भवन निर्माण शुरु गरिएको थियो । काठेखोला – ७ स्थित रेश वडा कार्यालय नजिकै उक्त अस्पताल निर्माण गरिएको हो । गाउँपालिकाले अन्य दुई स्थानमा आधारभूत अस्पताल […]

सम्बन्धित सामग्री

सरुवा रोग अस्पताल भवन निर्माण हुँदै

जग्गा प्राप्तीको विवादले अलपत्र परेको लुम्बिनी प्रदेश सरुवा रोग अस्पताल भवन निर्माणको कामले गति लिएको छ । प्रदेशसभा सदस्य अर्जुनकुमार केसीको पहलमा लुम्विनी प्रदेश सरकारले जग्गा प्राप्तिको प्रक्रिया पूरा गरेपछि भवन निर्माणको काम सञ्चालनमा आएको छ ।

खोटाङमा ५० शय्याको अस्पताल भवन निर्माण हुँदै

जिल्ला अस्पताल, खोटाङलाई ५० शय्यामा स्तरोन्नति गर्नेगरी भवन निर्माणको काम पुनः प्रारम्भ भएको छ।

निर्माण सम्पन्न नहुँदै भत्कन थाल्यो अस्पताल भवन

दैलेख : जिल्लाको महाबु गाउँपालिकामा १० शय्याको अस्पताल भवन निर्माण सम्पन्न नहुँदै भत्किन थालेको छ। संघीय सरकारको योजनाअन्तर्गत निर्माणाधीन १० शय्याको अस्पताल भवनको ढलान भत्किएपछि पानी चुहिने भएको हो।तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली सरकारका पालामा ‘एक स्थानीय तह एक आधारभूत अस्पताल’अन्तर्गत महाबु गाउँपालिकामा निर्माण हुँदै गरेको १० शय्याको अस्पताल भवन निर्माणकै चरणमा भत्किन थालेपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन्।भ्याट बाहेक ५ करोड ५४ लाख ४३ हजार रुपैयाँमा ठेक्का सम्झौता भई नि

वेदकोटमा पन्ध्र शय्याको अस्पताल भवन निर्माण हुँदै

कञ्चनपुर । सर्वसाधारणलाई स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउन वेदकोट नगरपालिकामा पन्ध्र शय्याको अस्पताल भवनको निर्माण अगाडि बढाइएको छ । नगरपालिकाको वडा नं ३ मा रू. नौ करोड ७४ लाखको लागतमा अस्पताल भवन निर्माण हुन लागेको हो । अस्पताल भवन निर्माणका लागि राजेन्द्र निर्माण सेवा कम्पनीलाई जिम्मा दिइएको छ । निर्माण कम्पनीसँग अस्पताल निर्माणका लागि दुई वर्षअघि ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता भए पनि साइड क्लियर नहुँदा निर्माण ढिलो गरी शुरू भएको छ । नगरप्रमुख भोजराज बोहराले अस्पताल निर्माण अगाडि बढेको बताए । ‘अस्पताल निर्माणका लागि ठेक्का सम्झौता भए पनि आवश्यक जग्गाको व्यवस्थापन नहुँदा कार्य अगाडि बढ्न सकेको थिएन,’ उनले भने, ‘जग्गा व्यवस्थापन गरी निर्माण व्यवसायीलाई ताकेता गर्‍यौं, साइट क्लियर भएपछि निर्माण अगाडि बढेको छ ।’ उनका अनुसार अस्पताल निर्माणका लागि शारदा माध्यमिक विद्यालयले सात कठ्ठा, सामुदायिक वनले पाँच कठ्ठा गरी १२ कठ्ठा जग्गा उपलब्ध गराएको छ । अस्पतालका लागि दुईओटा भवन, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीका लागि आवासीय भवन निर्माणका लागि योजना निर्माण गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टका अनुसार दुई वर्षभित्रै निर्माण सक्नेगरी विसं २०७७ मा ठेक्का सम्झौता भएको थियो ।   अस्पताल निर्माण भई सञ्चालनमा आएपछि यस क्षेत्रका बासिन्दाले चिकित्सकीय सेवा लिनका लागि महेन्द्रनगर र भारततर्फ जानुपर्ने झन्झट हट्ने बताइएको छ । नगरपालिकामा हालसम्म दुईओटा स्वास्थ्यचौकी, दुईओटा चौबीस घण्टे बर्थिङ सेन्टर र १० आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । रासस

पाँचथरमा अस्पताल भवन निर्माण हुँदै

उपेन्द्र येक्तेन/उज्यालो ।  पाँचथर, पुस २१ –जिल्ला अस्पताल पाँचथरमा ५० शैयाको नयाँ भवन निर्माण सुरु गरिएको छ । अहिले भैरहेको भवन साघु...