वर्षाले किसानलाई राहत : मकै तथा लहरे तरकारीबालीलाई फाइदा

काठमाण्डाै – पानी परेका ठाउँका किसानलाई केही राहत मिलेको छ । बर्खेबाली तथा लहरे तरकारी लगाएका र लगाउने तयारीमा रहेका किसानलाई राहत मिलेको हो । खेतबारीमा चिस्यान भएपछि धेरै किसान मकै तथा तरकारीबाली रोप्ने काममा जुटेका छन् । मध्य पहाडमा अहिले मकै तथा लहरे तरकारीबाली लगाउन सकिने नार्कको राष्ट्रिय वागवानी अनुसन्धान केन्द्रका मुख्य वैज्ञानिक डा. सुरेन्द्रलाल श्रेष्ठले बताउनुभयो । सिँचाईको सुविधा नभएका क्षेत्रमा किसान आकाशे पानीको भर पर्नुपर्ने बाध्यता छ । चैतेबाली थन्क्याएपछि पानी नपर्दा जग्गा खनज...

सम्बन्धित सामग्री

पानी परेपछि बल्ल किसानले छर्न थाले मकै

२९ वैशाख, बैतडी । लामो समयको खडेरीपछि वर्षा हुँदा यहाँका किसानलाई राहत मिलेको छ । वर्षा भएपछि उनीहरुलाई खेतीपाती गर्न सहज भएको छ । वर्षा भएपछि मकै छर्न तथा अन्य बालीनाली लगाउन सहज भएको दोगडाकेदार गाउँपालिका–३ …

वर्षासँगै किसान उत्साहित

वर्षा भएपछि तनहुँका कृषकहरू खुसी भएका छन् । मङ्गबार साँझदेखिको वर्षाले किसानलाई राहत पुगेको छ । वर्षाले आकाशे पानीको भर पाखो बारीमा खेती गरिने मकै, अदुवा, पिँडालु, हलेदो र तरकारी खेतीलाई सहयोग पुर्याएको छ ।

हावाहुरी र लम्पी स्किनबाट प्रभावित किसानलाई गाउँपालिकाको राहत

ढोरपाटन । बागलुङको तमानखोला गाउँपालिकाले विभिन्न प्रकोपबाट प्रभावित बनेका किसानलाई राहत दिन थालेको छ । गाउँपालिकाले लम्पी स्किन र हावाहुरीबाट प्रभावित किसानलाई राहत दिन थालेको हो । गत असारमा फैलिएको लम्पी स्किन रोगबाट करिब तीन पशुचौपाया मरेका थिए भने भदौ १८ गतेको हावाहुरीले सात सय रोपनी क्षेत्रफलमा लगाइएको मकै बाली नष्ट भएको थियो । गाउँपालिकाले […]

पीडित किसानलाई राहत दिँदै गाउँपालिका

ढोरपाटन (बागलुङ), ४ असोज । अघिल्लो साता तमानखोला गाउँपालिकामा हावाहुरीका कारण सयौँ रोपनीमा लगाइएका मकै बाली नष्ट भयो । घोँगा हाल्ने बेलामा मकैका बोट बारीभरी ढलेर सोत्तर भएपछि किसानको श्रम खेर गएको छ । लम्पी स्किन रोगको सङ्क्रमणबाट पशुचौपाया धमाधम मरिरहेको अवस्थामा किसानका लागि हावाहुरीले थप पीडा दिएको छ । लम्पी स्किन र हावाहुरीका कारण […]

बोटसँगै मकै विक्री हुँदा झापाका किसान उत्साहित

जेठ १७, झापा । ग्रामीण क्षेत्रका मकै किसान यतिबेला उत्साहित छन् ।  उनीहरुले लगाएको मकैमा दाना लाग्न शुरु भएसँगै खेतबाटै बोटैसँगै मकै विक्री हुन थालेपछि उनीहरु उत्साहीत भएका हुन् ।  जिल्लाका ठूला गाईफार्म सञ्चालकले किसानका खेतमा गएर साइलेज बनाउनका लागि मकै खरीद गर्न थालेका छन् । किसानहरु पनि बोटैमै मकै नपाकी राम्रो मूल्य पाउन थालेपछि सन्तुष्ट छन् ।  मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीका मकै किसान ६५ वर्षीय हिमाल पोखरेलले खेतबाटै ८० हजारभन्दा बढीको मकै विक्री गरेको छ । उनले लगाएको एक बिघा जमिनको मकै साइलेज बनाउनका लागि गाई फार्म सञ्चालकहरुले खरीद गरेका थिए । ‘मकै भाँच्नु, नङ्ग्याउनु, छोडाउनु र सुकाउनु पनि नपर्ने, मूल्य पनि राम्रो आयो,’ उनले भने, ‘बिना झन्झट बोटमै विक्री भएपछि बिना खर्च आम्दानी पनि बढ्यो ।’ किसान पोखरेलले खेतबाटै प्रतिकेजी चार रुपैयाँ पचास पैसाको दरले बोटसँगैको मकै विक्री गरेको बताए । मकै सुकाएर बेच्दा भनेजस्तो मूल्य पनि नपाउने र खर्च पनि बढी भइरहेको अवस्थामा बोटबाटै भएको विक्रीले ग्रामीण क्षेत्रका किसानलाई राहत मिलेको छ ।  मेचीनगरको ज्यामिरगढी, दुहागढी क्षेत्रको मकै साइलेज बनाउनका लागि नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालन गरेको एनएमसी कृषि फार्मले खरीद गर्र्दै आएको छ ।  एनएमसीले मेचीनगर १४ स्थित दुहागढीमा प्राङ्गारिक नमूना तरकारी खेतीसँगै गाईफाम समेत सञ्चालन गर्दै आएको छ ।  संस्थालाई माडामा लिएर लगाइएको जमिनको मकैले मात्र नपुगेपछि कनकाई नगरपालिका, झापा गाउँपालिका र मेचीनगरका किसानको मकै समेत खरीद गरेर साइलेज बनाइरहेको एनएमसीका अध्यक्ष रामचन्द्र उप्रेतीले बताए ।  उनले साइलेज बनाउनका लागि किसानको १० लाख केजी मकै खरीद गरिएको जानकारी दिए । चैत महीनाभित्र खरीद गरिएको मकै प्रतिकेजी रू. पाँच र वैशाख लागेपछि प्रतिकेजी चार रुपैयाँ पचास पैसाका दरले किसानको मकै खरीद गरिएको उनले बताए ।  अध्यक्ष उप्रेतीले गाईवस्तुका लागि पोसिलो आहार मानिने साइलेज अरू गाई फार्मलाई समेत विक्री गरिने बताए । उनका अनुसार दमकमा रहेको पाथीभरा एग्रो फार्मले पनि १० लाख केजी मकैको साइलेज बनाएको छ । यसपटक जिल्लाको मेचीनगर, दमक, विर्तामोडलगायत ठूला साना गाई फार्महरुले करीब एक करोड केजी मकैको साइलेज बनाएको उनको भनाइ थियो ।  दुई वर्षअघि एनएमसीले साइलेज बनाउन शुरु गरेसँगै जिल्लामा अन्य फार्महरुले समेत अघि बढेका  छन् । तयार भएको साइलेज विक्रीका लागि एमएमसीले बुकिङसमेत खुला गरेको छ । अध्यक्ष उप्रेतीले तयार भएको साइलेज जेठदेखि असारसम्ममा प्रतिकेजी रू. १० का दरले विक्री गर्ने र साउन लागेपछि त्यसको मूल्य पनि बढ्न सक्ने बताए । रासस

वर्षाले किसानलाई राहत

लामो समयको खडेरीपछि शनिबार र आइतबार पर्वतका बिभिन्न स्थानमा भएको वर्षाले किसानलाई राहत भएको छ । गहुँ, फापर, तोरीलगायत बाली भित्र्याउने र मकै तथा बेमौसमी तरकारी रोप्ने समयमा वर्षा भएपछि किसान उत्साहित छन् । हिउँदको समयमा खोलानालामा पानीको सतह घट्ने, पानीका मूल पनि सुक्ने हुँदा लेकाली बस्तीमा सिँचाइको अभाव हुन्छ । हिउँदे वर्षा भएमा मात्रै मकै खेती गर्ने किसानका लागि २ दिनसम्म लगातार परेको वर्षाले राहत मिलेको छ । सुक्खा खेतबारी वर्षाले भिजेपछि किसान खेतबारी खनजोत गरी तरकारी तथा मकै बाली लगाउन व्यस्त छन् ।

म्याग्दीमा कृषि उत्पादनमा वृद्धि

मंसिर २४, म्याग्दी । विगत दुई वर्षअघिको तुलनामा अहिले म्याग्दीमा कृषि उपजको उत्पादन वृद्धि भएको छ ।  कृषि ज्ञान केन्द्रका अनुसार दुई वर्षअघिसम्म कुल खेतीयोग्य जमिनको ६२ प्रतिशत जमिनमा मात्र खेती गरिएकामा अहिले ८२ प्रतिशतमा खाद्यान्न, तरकारी र फलफूलखेती विस्तार गरिएको छ । विगतका वर्षहरूको तुलनामा यस वर्ष शतप्रतिशत खेतमा धान रोपाइँ भएको र पाँच प्रतिशतले उत्पादनमा वृद्धि भएको स्थानीय तहका कृषि शाखाहरूले जानकारी दिएका छन् । विगतका वर्षमा जिल्लामा ९६ प्रतिशत मात्र रोपाइँ हुने गर्दथ्यो ।  जिल्लाका विभिन्न स्थानमा जौँ जोन, मकै जोनजस्ता कार्यक्रम पनि सञ्चालन भइरहेका छन् । सिँचाइ समस्याले धेरै जमिन बाँझो राख्नुपरेका किसानलाई राहत भएको छ । कृत्रिम जलाशय, लिफ्ट सिँचाइ, नहर, पक्की कुलोले गर्दा पानी सहज भएपछि खेती गर्न सजिलो भएको कृषक बताउँछन् । यता स्थानीय सरकारले पनि कृषिलाई प्रमुख प्राथामिकतामा राखेर काम गर्दै आएको जानकारी दिएका छन् । मंगला गाउँपालिकाले बाँझो जमिन नराख्ने नीति अगाडि सारेपछि अहिले गाउँपालिकाभित्र कतै पनि बाँझो जमिन नरहेको गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए । जिल्लामा बाँझो जमिनको अवस्था घट्दो क्रममा रहेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । त्यसैगरी, जिल्लामा नगदे बालीलाई पनि प्राथमिकता दिइएको छ । यसअघि पानीको सुविधा नभएका स्थानमा नगदेबालीको खेती गर्न किसान आकर्षित भएका हुन् । जिल्लामा आलु, गोलभेँडा, काउली, बन्दालगायत तरकारी उब्जनी हुँदै आएको छ ।  स्थानीय सरकारले कृषिको पकेट क्षेत्रको पहिचान गरी अनुदानलगायत कार्यक्रम विस्तार गर्न कृषिमा लागेका युवाले माग गरेका छन् । पाँच वर्ष लामो दुबर्ईको बसाइलाई बिट मारेर गत चैतमा गाउँ फर्किएका मालिका गाउँपालिका–५ का भीमबहादुर रोकाले वर्षौँदेखि बाँझिएको १८ रोपनी पाखोबारीलाई जोतेर दुई हजारभन्दा बढी सुन्तला, कागती र केराका बिरुवा लगाएका छन् । ‘विदेशमा हामी जस्तो दुःख गर्न पनि तयार हुन्छौँ, तर स्वदेशमा भने जाँगर देखाउँदैनौँ’, रोकाले भने, ‘म विदेश नफर्कने निर्णय गरी गाउँमा नै बाँझिएको जग्गा जमिन जोतेर फलफूल र तरकारी खेतीतिर लागेको छु ।’ रोका मात्रै होइन, कोरोना महामारी शुरु भएपछिका १६ महीनामा दुई हजार ७०० भन्दा बढी युवा वैदेशिक रोजगारी छाडेर आफ्नै गाउँमा फर्किएका जिल्लाका विभिन्न स्थानीय तहहरूले संकलन गरेको तथ्यांकमा उल्लेख छ ।  यीमध्ये ८५ प्रतिशत युवा कृषि र पशुपालनमा जोडिइसकेका छन् भने बाँकी युवा स्वदेशमै रोजगारीका अन्य माध्यमको खोजी गरिरहेका छन् । रासस

'हार्वेस्टर' आएपछि किसानलाई राहत

सुनसरीको गढी गाउँपालिका ३ छिटाहामा मकै काट्ने र छोडाउने मेसिन (कम्बाईन हार्वेस्टर) को बुधाबार उद्घाटन गरिएको छ ।