काठमाण्डाै - नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदीय प्रतिनिधि मण्डलले सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेको छ ।
फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष डानियल सालमोनको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले बिहान सिंहदरबारमा रहेको कार्यकक्षमा सभामुख सापकोटासँग भेटवार्ता गरेको हो । भेटमा सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच सन् १९४९ मा कुटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध सुमधुर, मैत्रीपूर्ण, समता र आपसी समझदारीमा आधारित रहेको बताउँदै उच्चस्तरीय भ्रमणले सम्बन्धलाई गुणात्मकता दिने विश्वास व्यक्त ग...