कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नागरिकको दैनिकी सहज बनाउने गरी काम गर्न प्रदेशभरका सबै कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् ।
प्रदेशका १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, डिभिजन सडक, पूर्वाधार विकास निर्देशनालय, सिँचाइ, यातायातलगायत कार्यालयका प्रमुखसँग आज भर्चुअल बैठक गर्दै मुख्यमन्त्री शाहीले दसैँ तिहारको अवधिमा नागरिकको सहज जीवनयापन लागि तयार हुन निर्देशन दिएका हुन् ।