गरगहना चोरी गरेको आरोपमा युवक पक्राउ

२ साउन, मोरङ । गरगहना चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका १३ बस्ने १८ वर्षीय विवेक कामत रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले २ तोलाको मंगलसुत्र-१ थान, घाँटीमा लगाउने चेन, कानमा लगाउने […]

सम्बन्धित सामग्री

सुनका गरगहनासहित नगद चोरी गरी फरार युवक पक्राउ

गोरखा नगरपालिका बजार क्षेत्रमा सुनका गरगहनासहित नगद चोरी गरी फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । नगरपालिकाको वडा नं  ५ स्थित मार्गदर्शन टोलका अमृतबहादुर घर्तीको कोठाबाट नगद रु एक लाख र करिब एक तोला सुन चोरी गरी भागेका २१ वर्षीय सुकबहादुर कुँवरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले जानकारी दिए ।पक्राउ परेका सिरानचोक गाउँपालिका–१ घर भएका कुँवरले गत बुधबार घर्तीको कोठमा पसी दराज फोडेर नगद र गरगहना चोरी गरी भागेका थिए । घटनाको

पोखरामा सुनका गहना चोरी गरेको आरोपमा एक युवक पक्राउ

पोखरा । पोखराबाट चोरी गरेका सुनका गहनासहित एक युवक पक्राउ परेका छन् । घरको ढोका फोडेर गरगहना चोरी गरेको आरोपमा पर्वत कुश्मा नगरपालिका ११ घरभई पोखरा २६ बिजयपुर बस्दै आएका २६ वर्षीय किशोर शर्मालाई चोरीका गहनासहित प्रहरीले पक्राउ गरेको हो । पोखरा ५ धारापानीकी गीता भुजेलको कोठाबाट दराजको चाँवी फोडेर औंठी, सिक्री र मंगलसुत्र लगायतका सुनका गहना चोरी भएको सूचनाका आधारमा खोजी गर्दा शर्मालाई चोरीका गहनासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ।  सुनका गहना चोरी गरेको आरोपमा

शृंखलावद्ध चोरी गरेको आरोपमा एक युवक पक्राउ

ओखलढुंगा : ओखलढुंगासहित विभिन्न जिल्लामा शृंखलावद्ध चोरीका घटनामा संलग्न भएको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। ओखढुंगा, खोटाङ र सोलुखुम्बुका स्थानीयहरूको नगदसहित गरगहना चोरी गर्ने खोटाङका अनिल भनिने अजय श्रेष्ठ पोखरामा पक्राउ परेका हुन् ।  ओखलढुंगामा चोरी भएको एक महिना बित्दा पनि चोरी गर्नेलाई...