कतिपय मानिसको अनावश्यक झगडा गर्ने बानी हुन्छ । यस्ता मानिसलाई निउँ नै चाहिन्न । विना काम स–साना कुरालाई नै ठूलो बनाई झगडा गरिरहेका हुन्छन् तर के बिर्सन्छन् भने यसले न आफूलाई फाइदा गर्छ न जोसँग झगडा गरिएको हो उसैलाई गर्छ । यदि फाइदा हुन्छ भने तेस्रो पक्षलाई हुन्छ, झसको झगडासित कुनै सम्बन्ध नै रहेको हुँदैन । धेरै पहिलेको कुरा हो । एक दिन दुई जना सज्जन बिहानी भ्रमणमा निस्केका थिए । बिहानको मौसम थियो साह्रै सुन्दर । चिसो हावा, वातावरण स्वच्छ । दुवै सज्जन आपसमा गफिँदै हिँडिरहेका थिए