गुण एयरलाइन्सको उडान पुनः सुरु

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले आजदेखि आफ्नो नियमित उडान सुरु गरेको छ ।आफ्ना दुई विचक्राफ्ट र थप गरिएका पाँच जेट स्ट्रिमसहित कूल सात जहाजको उडान सुरु गरिएको कम्पनीले जनाएको छ । सुरुआती उडान काठमाडौँबाट पोखरा, भरतपुर (चितवन) हुनेछ भने केही दिनपछि नै अन्य गन्तव्य तुम्लिङटार, विराटनगर, सिमरा, जनकपुर, भैरहवा, नेपालगञ्ज र सुर्खेतमा उडान भर्ने योजना बनाइएको छ । आन्तरिकतर्फ नियमित उडानका लागि बुकिङ पनि धमाधम भइरहेको गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्वल थापाले बताए ।ने

सम्बन्धित सामग्री

पोखरालाई भरतपुर, भैरहवा र नेपालगञ्ज जोड्दै गुण एयरलाइन्स

निजी क्षेत्रको वायुसेवा कम्पनि गुण एयरलाइन्सले पोखराबाट थप तीनवटा सहरसम्म एकैपटक सिधा हवाई उडान सुरु गर्ने भएको छ। पोखराबाट भरतपुर, भैरहवा र नेपालगञ्जसम्म दैनिक उडान गर्ने तयारी गुणको छ। उडान थपिएसँगै ती क्षेत्रका यात्रुलाई आउजाउमा सहज हुने पर्यटन व्यवसायीको भनाई छ।

आजदेखि भैरहवा उडान भर्दै गुण एयरलाइन्स

निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आजदेखि भैरहवा उडान सुरु गर्ने भएको छ।

गुण एयरलाइन्सले सुर्खेत–काठमाडौं नियमित उडान गर्ने

वीरेन्द्रनगर (अस) । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले दशैंअगावै सुर्खेत–काठमाडौं नियमित उडान सुरु गर्ने गरी तयारी थालेको छ  । देशका पाँच वटा गन्तव्यमा उडान भर्ने गरी गृहकार्य अन्तिम चरणमा पुगेको गुण एयरलाइन्सका प्रवक्ता प्रज्ज्वल थापाले जानकारी दिए । एयरलाइन्ससँग हाल पाँच वटा जेट इन्जिन र दुई ट्वीनअटर जहाज छन् । उनका अनुसार सुरुआती उडान सुर्खेत, पोखरा, भरतपुर चितवन, भैरहवा र नेपालगञ्जमा गर्ने योजना छ । नागरिक उड्डयन प्राधिकरणसँग अनुमति पाइसकेकाले केही दिनमा सुर्खेतमा परीक्षण उडान गर्न लागेको प्रवक्ता थापाले बताए । ‘कर्णाली पर्यटनका लागि भर्जिन गन्तव्य हो । काठमाडौं आएका पर्यटकलाई सीधै सुर्खेत पु¥याउन गुण एयरलाइन्स मजुबत बनेर जुट्दै छ’, थापाले भने । उद्योग वाणिज्य महासंघ कर्णालीका अध्यक्ष पदमबहादुर शाहीले गुण एयरलाइन्सले सेवा सुरु गरेपछि निरन्तरता दिनुपर्ने बताए । सुर्खेत–काठमाडौं र काठमाडौं–सुर्खेत उडान दैनिक एउटा हुनेछ । ‘सुर्खेत–काठमाडौंको भाडादर भने अहिले नै तय भइनसकेको छैन । तर, हाल कायम रहेभन्दा केही सस्तो हुन्छ,’ प्रवक्ता थापाले भने ।

विद्यूतीय बसबाट गुण एयरलाइन्सकाे सेवा

काठमाडौँ - गुण एयरलाइन्सले आन्तरिक उडानमा पहिलोपटक विद्युतीय बस प्रयोग गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई वातावरण अनुकुल बनाउने उद्धेश्यले गुण एयरलाइन्सले दुई वटा विद्युतीय बसको प्रयोग सुरु गरेको हो । शुक्रबारदेखि उडान सुरु गरेको गुण एयरलाइन्स आन्तरिक उडानमा विद्युतीय बस प्रयोग गर्ने पहिलो उड्डयन कम्पनी हो । दुई वट…

विद्यूतीय बसबाट गुण एयरलाइन्सकाे सेवा

काठमाडौँ - गुण एयरलाइन्सले आन्तरिक उडानमा पहिलोपटक विद्युतीय बस प्रयोग गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई वातावरण अनुकुल बनाउने उद्धेश्यले गुण एयरलाइन्सले दुई वटा विद्युतीय बसको प्रयोग सुरु गरेको हो । शुक्रबारदेखि उडान सुरु गरेको गुण एयरलाइन्स आन्तरिक उडानमा विद्युतीय बस प्रयोग गर्ने पहिलो उड्डयन कम्पनी हो । दुई वट…