सरकारले एमसीसी सम्झौता प्रतिनिधिसभामा टेबल गरिसकेको छ । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले संसद सचिवालयमा दर्ता गराएको सम्झौताको थप प्रक्रिया त्यतिबेला अघि बढ्न सकेको थिएन । शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रतिनिधिसभामा एमसीसी सम्झौता टेबल गराउँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध जारी राखेको थियो । एमाले नेतृत्वकै पूर्ववर्ती सरकारले संसद सचिवालयमा दर्ता गराएको सम्झौतालाई वर्तमान सरकारले अघि बढाउँदा एमालेले संसदमा अवरोध गरी यसबारे मौनता साध्नुको औचित्य नरहेको तर्क पनि कति