अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बनाउन लागेको बजेटमा सुझाव माग गरेको छ ।
मन्त्रालयले एक सूचना जारी गर्दै आम सर्वसाधारण समेतलाई बजेटमा सुझाव दिन आह्वान गरेको हो ।
मन्त्रालयले बजेट निर्माणका लागि टोली नै बनाएर काम गरिरहेको छ । यसका लागि बजेटमा समावेश गरिनुपर्ने नीति तथा कार्यक्रमका सम्बन्धमा ५ वैशाखसम्म सुझाव पठाउन सकिने मन्त्रालयले जनाएको छ ।
अर्थको वेवसाइटमा गई बजेट सुझावसम्बन्धी ट्यावबाट बजेटबारे सुझाव दिन सकिने छ ।
अर्थको कार्यतालीका अनुसार १५ चैतसम्म विभागीय मन्त्रा...