अभिनेत्री वर्षा शिवाकोटीले एपीवान टेलिभिजनमा प्रसारण हुने कार्यक्रम ‘रजतपट’ र त्यसका सञ्चालक प्रकाश सुवेदी विरुद्ध उजुरी दर्ता गराएकी छन् । आफ्नो ब्यक्तिगत कुरासँग विभिन्न भ्रामक समाचार बनाएर कार्यक्रममा प्रसारण गरेको भन्दै उनले केही दिनअगाडि चलचित्र विकास बोर्डमा उजुरी दिएकी छन् ।‘आफुले ब्यक्तिगत सम्पतीबाट किनेको घर अरुले किनिदिएको भनेर ‘रजतपट’ मा भ्रामक र गलत समाचार बनाइएको छ’ शिवाकोटीले भनिन् ‘उनको समाचारले म, मेरो परिवार र आफन्त सबै दुःखी भएका छौ । म