गैँडा संरक्षण : कृत्रिम गर्भाधानले लोप हुन लागेको प्रजातिलाई बचाउन सक्ला - BBC News नेपाली

पृथ्वीमा अहिले नोर्दन ह्वाइट प्रजातिका जम्मा दुइटा मात्र गैँडाहरू बाँकी रहेका छन्। तर सदर्न ह्वाइट प्रजातिमा गराइएको कृत्रिम गर्भाधानले नर्दन प्रजातिको प्रजननको आशा पलाएको छ।

सम्बन्धित सामग्री

गैँडा संरक्षणमा चुनौती

सन् २००० को गणनामा नेपालमा रहेका ६१२ वटा गैँडा सन् २००५ को गणनामा ४०९ वटामा मात्र सीमित रह्यो । त्यसपछि पुनः बढेका गैँडा सन् २०२१ को गणनामा ७५२ वटा पुगेका छन् । अहिले चितवनमा ६९४, बर्दियामा ३८, शुक्लाफाँटामा १७ र पर्सामा तीनवटा गैँडा छन् । नेपाल र भारतमा मात्रै पाइने विश्वमै दुर्लभ एकसिङ्गे गैँडालाई एउटै वासस्थानमा मात्रै राखिराख्दा चोरीसिकार, वासस्थान विनाश वा कुनै रोगव्याधिबाट लोप हुनसक्ने खतरा रहेकाले सन् १९८६ देखि सन् २०१७ को अवधिमा चितवनबाट बर्दिया राष्ट्रिय निकुञ्जमा ९१ वटा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा नौवटा गैँडा स्थानान्तरण गरी दोस्रो र तेस्रो ‘पपुलेसन’ कायम गरिएको छ । सन् २००३ सम्ममा चितवनबाट बर्दिया लगेका ८३ वटा गैँडामध्ये कर्णालीको तटीय क्षेत्रमा रहेका २९ वटाबाहेक बबई उपत्यकामा रहेका सबै गैँडा चोरीसिकारीले मारेको सन् २०१५ को गैँडा गणनाबाट देखियो । त्यसपछि सन् २०१६ र २०१७ मा पुनः आठवटा गैँडा बबई उपत्यकामा स्थानान्तरण गरियो । आगामी दिनमा गैँडा संरक्षण कार्य अझै चुनौतीपूर्ण हुँदै जाने निम्न तथ्यले बताएका छन् ः अन्त्यहीन चोरीसिकार