महाकाली अस्पताल पनि कोरोना संक्रमितले भरिभराउ

कञ्चनपुरको भीमदत्त नगरपालिकाको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा समेत कोरोना संक्रमित बिरामीहरूको संख्या बढ्न थालेको छ । उक्त अस्पतालका कोभिड फोकल पर्सन डा. गोविद रोकायाका अनुसार ५० बेडको क्षमता रहेको उक्त अस्पतालमा शुक्रवारसम्म ३८ जना संक्रमितहरू भर्ना भएका छन् । उक्त अस्पतालमा भेन्टिलेटरसहितको ६ वटा शय्या रहेकोमा सबै शय्यामा बिरामी भर्ना छन् । त्यसैगरी भेन्टीलेटरबाहेक अक्सिजन आपूर्ति गर्ने सिलिन्डरसहितको हाई डिपेन्डेन्सी युनिट (एचडीयू) मा समेत १५ जना भर्ना भएका छन् । 'सिकिस्त तथा लक्षण देखिएका बिरामीहरूई उक्त वार्...

सम्बन्धित सामग्री

कञ्चनपुरमा अढाई महिनापछि देखियो कोरोना, आज ३ जना संक्रमित

कञ्चनपुर : कञ्चनपुरमा आज ३ जनामा कोरोना संक्रमण देखिएको छ।भारतबाट नेपाल भित्रिएका ३ जनामा कोरोना देखिएको गड्डाचौकीस्थित हेल्थ डेस्कका इन्चार्ज तर्कराज भट्टले बताए। उनका अनुसार मंगलबार (हिजो) एक जनामा कोरोना संक्रमण देखिएको थियो।‘फागुन अन्तिम सातापछि पहिलो पटक कोरोना संक्रमित बढ्न थालेका हुन्,’ उनले भने, ‘यसअघि महिनामा २/३ जनामा मात्रै कोरोना पोजेटिभ देखिन्थ्यो, अहिले दुई दिनमै ४ जनामा कोरोना देखियो, सतर्कता अपनाउन जरुरी छ।’ कोरोना पोजेटिभहरूलाई महाकाली अस्पताल रिफर गरिएको

सुदूरपश्चिममा ९ जनामा कोरोना सङ्क्रमण, १ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा आज थप ९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ५३६ जनाको नमूना परीक्षण गर्दा नौ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा आठ र महाकाली अस्पताल एक जनामा कोरोना पुष्टि भएको छ । सो अवधिमा प्रदेशभर पाँच जना सङ्क्रमणमुक्त भएका छन् । यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा कञ्चनपुरका ७८ वर्षीय पुरुषको मृत्य

सुदूरपश्चिममा ९ जनामा सङ्क्रमण, एक मृत्यु

सुदूरपश्चिम प्रदेशमा आज थप नौ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ५३६ जनाको नमूना परीक्षण गर्दा नौ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा आठ र महाकाली अस्पताल एक जनामा कोरोना पुष्टि भएको छ । सो अवधिमा प्रदेशभर पाँच जना सङ्क्रमणमुक्त भएका छन् । यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा कञ्चनपुरका ७८ वर्षीय पुरुषको मृत्यु भएको हो । सुदूरपश्चिममा सङ्क्रमणका क...

जनशक्ति नहुँदा भेन्टिलेटर सञ्चालनमा समस्या

कञ्चनपुरको महाकाली अस्पतालमा भेन्टिलेटर सञ्चालन गर्ने जनशक्ति नहुँदा समस्या भएको छ । बढ्दो कोरोना महामारीका बीच अस्पतालमा रहेका भेन्टिलेटर सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा समस्या भएको हो ।“अस्पताको भेन्टिलेटरको अवस्था भन्ने हो भने अस्पतालसँग १३ वटा भेन्टिलेटर छन्, तर १३ मध्ये छवटा भेन्टिलेटर भने सञ्चालनमा रहेका अवस्था छ ।” महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण […]

महाकाली अस्पतालमा एकै दिन ११९ जना कोरोना संक्रमणमुक्त

कञ्चनपुर : कञ्चनपुरमा बुधबार एकै दिन एक सय १९ जना कोरोना जितेर घर फर्किएका छन्।महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा गोविन्द रोकायाले संक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज भएकाको संख्या यो नै अहिलेसम्मकै बढी भएको बताए। उनका अनुसार हालसम्म संक्रमण भएर महाकाली अस्पताल भर्ना भई निको भएर घर फर्कनेको संख्या एक हजार नौ सय ५२ छ। आज २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।महाकाली अस्पतालमा गरिएको पिसिआर परिक्षणमा ११ जना र ऐन्टिजेन परीक्षणमा १६ जना गरी २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।&

अभावका बीच सङ्क्रमितको उपचारमा महाकाली अस्पताल

महेन्द्रनगर । दोस्रो चरणको कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलिएयता कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पताल भरिभराउ छ । कोरोना बढ्दो चरणमा रहेसँगै अस्पतालमा दैनिक डेढ सयदेखि दुई सयजना शङ्कास्पद बिरामीहरु पिसिआर परीक्षणका लागि आउने गरेका छन् । भएको जनशक्ति पनि कोरोनाको चपेटामा परेपछि पनि अस्पतालले जेनतेन सङ्क्रमितको उपचारमा भने कमी गरेको छैन ।“चिकित्सकसहित ३३ जना अस्पतालका स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएका छन्”, महाकाली अस्पताल समितिका अध्यक्ष कृष्णदत्त जोशीले भने, “तर प

महाकाली र सेती अस्पतालमा थप दुई संक्रमितको मृत्यु

२१ वैशाख, धनगढी । कोरोना भाइरसको संक्रमणबाट कञ्चनपुरको महाकाली अस्पताल र धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत थप दुई जनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका १३ का २२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि सोमबार राति अस्पताल भर्ना भएका […]

कञ्चनपुरका थप तीनजना कोरोना संक्रमितको मृत्यु

१९ वैशाख, धनगढी । कञ्चनपुरका थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पताल र धनगढीको कैलाली अस्पतालममा उपचाररत तीन जना संक्रमितको गएराति मृत्यु भएको हो । महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाले भेन्टिलेटरमा राखेर उपचार गराइरहेका भीमदत्त नगरपालिका १८ का ४८ वर्षीय पुरुष र भीमदत्त नगरपालिका ७ की ५५ वर्षीया […]

कञ्चनपुरमा थप तीनजना कोरोना संक्रमितको मृत्यु

१८ वैशाख, धनगढी । कञ्चनपुरमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पताल महेन्द्रनगर र धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत तीनजनाको मृत्यु भएको हो । महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–६ का ३४ वर्षीय पुरुष र बेल्डाडी गाउँपालिका–२ का ७५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरकी कोभिड सम्पर्क व्यक्ति महिन्द्रा भट्टले […]

कोरोना सङ्क्रमित बढ्दा अस्पतालमा साधन स्रोतको अभाव हुँदै

सुदुरपश्चिम । कोरोना सङ्क्रमित बिरामी बढ्दै गएपछि सुदूरपश्चिम प्रदेशका सेती प्रादेशिक अस्पताल धनगढी र महाकाली अस्पताल महेन्द्रनगरमा शय्या र दक्ष जनशक्तिलगायत स्रोत साधनको अभाव देखिन थालेको छ ।