कञ्चनपुर : कञ्चनपुरमा बुधबार एकै दिन एक सय १९ जना कोरोना जितेर घर फर्किएका छन्।महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा गोविन्द रोकायाले संक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज भएकाको संख्या यो नै अहिलेसम्मकै बढी भएको बताए। उनका अनुसार हालसम्म संक्रमण भएर महाकाली अस्पताल भर्ना भई निको भएर घर फर्कनेको संख्या एक हजार नौ सय ५२ छ। आज २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।महाकाली अस्पतालमा गरिएको पिसिआर परिक्षणमा ११ जना र ऐन्टिजेन परीक्षणमा १६ जना गरी २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।&