धनगढी उपमहानगरपालिकाका १९ वटै वडामा आगामी आर्थिक वर्षदेखि हरेक महिना स्वास्थ्य शिविर हुने भएको छ । भाटभटेनी सुपर मार्केटको जनशक्ति र धनगढी उपमहानगरपालिकाको सामाग्री प्रयोग गर्दै हरेक महिना १९ वटै वडामा स्वास्थ्य शिविर हुने भएको हो ।बुधबार भाटभटेनी सुपर मार्केटसँग शिविरका लागि धनगढी उपमहानगरपालिकाले सम्झौता गरेको छ । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल र भाटभटेनी सुपर मार्केटका प्रबन्धक निर्देशक मिनबहादुर गुरुङबीच आगामी पाँच वर्षका लागि सम्झौता भएको थियो । धनगढी उपमहानगरपालिकाले आफ्ना १९