धनगढी दुर्घटना :  आफन्तले शव बुझे

धनगढीः धनगढीमा बिहीबार ग्रेडरले किचेर मृत्यु भएकी किशोरी चेतना साउदको शव आफन्तले बुझेका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार शुक्रबार (आज) भर्खरै परिवारले शव बुझेको हो।चेतनाका आफन्त र प्रहरी प्रशासनको सहमतिपछि शव बुझिएको उनले बताए। अब शवको पोस्टमार्टम गरेर दाहसंस्कार गरिनेछ।प्रहरीका अनुसार ग्रेडर चालकमाथि मुद्दा दर्ता गर्ने सहमति भएको छ। चालकमाथि सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएको र ४ दिन म्याद थप गरेर घटनाको अनुसन्धान अगाडि बढाउने सहमति गरिएको जिल्ला प्र

सम्बन्धित सामग्री

डडेल्धुरामा शव बोकेको एम्बुलेन्स दुर्घटना

धनगढी । कैलालीको धनगढीमा अवस्थित सीपी अस्पतालको एम्बुलेन्स ब्रेक फेल भएर दुर्घटनामा परेको छ। अत्तरियाबाट शव बोकेर गइरहेको से १ च १२२८ नम्बरको एम्बुलेन्स डडेल्धुरास्थित केआइ सिंह राजमार्गको राइको मोडमा दुर्घटनामा परेको हो। एम्बुलेन्समा शवसहित ६ जना सवार थिए। चालक अर्जुन बोहरालगायत सबै जना सकुशल रहेको प्रहरीले जनाएको छ। ब्रेक फेल हुँदा एम्बुलेन्स सडकबाट १० […]

बैतडी जीप दुर्घटना अपडेट: ५ प्रहरीकाे मृत्यु, ३ जना घाइते

धनगढी- बैतडीमा भएको जीप दुर्घटनामा ५ प्रहरीको मृत्यु भएको छ। सोमबार बिहान पाटन नगरपालिका-४ को थुममा प्रहरी बोकेको जीप दुर्घटना हुँदा ५ जना प्रहरीको मृत्यु भएको वडाध्यक्ष दिपक विष्टले बताए। ‘अहिलेसम्म हामीले पाँच जनाको शव भेटाएका छौँ। अन्य तीन जना प्रहरी घाइते अवस्थामा भेटिनुभएको छ’, उनले भने। जीप भिरमा खसेकाले टुक्राटुक्रा भएको छ। से १ […]

बझाङ दुर्घटना अपडेट : मृतकको संख्या ६ पुग्यो

धनगढी : बझाङमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ।बुधबार दिउँसो जिल्लाको मष्टा गाउँपालिका–४ स्थित चिउरीमा सदरमुकाम चैनपुरबाट मष्टातर्फ गइरहेको जिप दुर्घटना भएको हो।सुप प्र ०१–००१ ज ११७ नम्बरको जिप दुर्घटना हुँदा अहिलेसम्म ६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। ‘६ जनाको शव भेटिएको छ,’ बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीले भने, ‘घाइतेहरूलाई अस्पताल पठाइरहेका छौँ। विस्तृत विवरण आउन केही समय लाग्छ।’मृतक र घाइतेह

बझाङमा जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु

२ कात्तिक, धनगढी । बझाङमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको मष्टा गाउँपालिका–४ को चिउरीमा बुधबार दिउँसो डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । ‘हामी भर्खरै घटनास्थलमा आइपुगेका छौँ,’ बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) जागेश्वर भण्डारीले अनलाइनखबरसँग भने, ‘चार जनाको शव […]

कर्णाली नदीमा डुङ्गा दुर्घटना हुँदा बेपत्ता एक महिलाको शव भेटियो

२५ साउन, धनगढी । कर्णाली नदीमा डुङ्गा दुर्घटना हुदा बेपत्ता भएकी एक महिलाको शव भेटिएको छ । गत साउन १७ गते कैलालीको मोहन्याल गाउँपालिका–३ स्थित कर्णाली नदीमा डुङ्गा दुर्घटना हुदा बेपत्ता भएकी सोही ठाउँकी २० वर्षीया उर्मिला सलामीमगरको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार आइतबार लम्कीचुहा नगरपालिका–३ को कर्णाली नदीको […]

शव बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

धनगढी । बैतडीमा वडा सदस्यको शव बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द भण्डारीको शव बोकेर सदरमुकामतर्फ जादै गरेको से१ज१८३ नम्बरको जीप सोही वडाको गणमेश्वर मोडमा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

कैलालीकाे खानीडाँडामा बस दुर्घटना, दुई जनाको मृत्यु, १८ घाइते :: Pahilopost.com

धनगढी :  धनगढी–डडेलधुरा (भीमदत्त)राजमार्गअन्तर्गत पर्ने कैलालीको खानीडाँडा सडकखण्डमा आज दिउसो ना४ख५६३५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।  प्रहरीका अनुसार दुर्घटनामा डोटीको गडसेरा गाविस–३ का अन्दाजी ७१ वर्षीय नरबहादुर देउवाको मृत्यु भएको छ। दुर्घटनामा परेको बसमा च्यापिएको अवस्थामा देउवाको शव निकालिएको प्रहरीले जनाएको