गोविन्दराज जोशीको उम्मेदवारी खारेज

१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको उम्मेदवारी खारेज भएको छ । भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएको भन्दै निर्वाचन आयोगले जोशीको उम्मेदवारी खारेजको निर्णय गरेको हो । कांग्रेसले टिकट नदिएपछि पूर्वगृहमन्त्री समेत रहेका जोशीले प्रतिनिधिसभा सदस्यका लागि तनहुँ १ मा स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर, जोशीविरुद्ध कांग्रेस उम्मेदवार …

सम्बन्धित सामग्री

विजय गच्छदार र प्रभु शाह सहित ९ जनाको उम्मेदवारी रद्द गर्न माग गरिएको रिट खारेज

प्रतिनिधिसभा तथा प्रदेश सभाका ९ जना उम्मेदवारको उम्मेदवारी खारेज गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । अधिवक्ता अनिल आचार्यले उनीहरुको उम्मेदवारी खारेज गर्न सर्वोच्चमा रिट जारी गरेकोमा न्यायधिश अनिल कुमार सिन्हाको एकल इजलाशले उक्त रिट नै खारेज गरिदिएको हो ।  उक्त रिटमा नेपाली कांग्रेसका उम्मेदवार विजय कुमार गच्छेदार , पूर्व काँग्रेस नेता गोविन्दराज जोशी, राप्रपा नेता विक्रम पाण्डे, स्वतन्त्र उम्मेदवार प्रभु साह, तथा स्वतन्त्र उम्मेदवार सरिता गिरीको उम्मेदवारी खारेज गर्न माग गरिएको थियो । साथै  डी बी तामाङ भन्ने युद्ध विक्रम तामाङ , टेक बहादुर गुरुङ , लक्ष्मी महतो र गगन भन्ने रेवतराज पुरीको उम्मेदवारी खारेज गर्न माग गरिएको थियो।  अदालतले रिट नै खारेज गरेसंगे उनीहरु सबैको उम्मेदवारी कायम नै रहने भएको छ ।रिटमा उनीहरु विरुद्द भ्रष्टाचार तथा फौजदारी कसुरमा मुद्दा चलिरहेको, उनीहरुले भ्रष्टाचार तथा फौजदारी कसुरमा सजाय पाएकोले उनीहरु उम्मेदवार हुन योग्य नरहेको जिकिर गरिएको थियो। रिटमा उनीहरुको उम्मेदवारी रद्द गर्न र भविष्यमा यस्ता व्यक्तिहरू उम्मेदवार बन्न नपाउने गरी कानुन संशोधन गर्न अन्तरिम आदेश माग गरिएको थियो । उनीहरुलाई उम्मेदवार बन्न दिंदा भविष्यमा देश र जनताका लागि अपूरणीय क्षति पुग्न सक्ने रिटमा उल्लेख थियो  ।   उक्त रिटमा निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयलाई विपक्षी बनाईएको थियो। तर अदालतले रिट नै खारेज गरिदिएको हो ।

गच्छादारसहित ९ जनाको उम्मेदवारी खारेजीको माग गर्दै दायर रिट खारेज

काठमाडौं । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएका ९ जना उम्मेदवारविरुद्ध परेको रिट खारेज भएको छ । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा रिट खारेज गरेको हो । अधिवक्ता अनिल आचार्यले ९ जना उम्मेदवारको उम्मेदवारी खारेज गर्न दायर गरेका थिए । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका विजयकुमार गच्छादारसहित प्रभु साह, गोविन्दराज जोशी, […]

प्रभु साह, विजय गच्छदारसहित ९ जना उम्मेदवार विरुद्ध परेको रिट खारेज

सर्वोच्च अदालतले प्रतिनिधिसभा उम्मेदवार प्रभु साह, विजय गच्छदारसहित ९ जनाविरुद्ध परेको  रिट खारेज गरेको छ । सर्वोच्चका अनिलकुमार सिन्हाको एकल इजलालले अधिवक्ता अनिल आचार्यले दायर गरेको रिट निवेदन खारेज गरेको हो । रिट निवेदनमा सुनसरी ३ मा नेपाली कांग्रेसका उम्मेदवार रहेका विजयकुमार गच्छदार, मनाङबाट कांग्रेस उम्मेदवार रहेका टेकबहादुर गुरुङ, तनहुँ क्षेत्र नं १ बाट स्वतन्त्र गोविन्दराज जोशी र रौतहट क्षेत्र नं ३ का स्वतन्त्र उम्मेदवार प्रभु साहलगायतको उम्मेदवारी खारेज गर्न माग गर्द

गच्छदार र साहसहित ९ उम्मेदवारविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै

काठमाडौं । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएका ९ जना उम्मेदवारविरुद्ध परेको रिटको आज सुनुवाइ हुँदैछ । अधिवक्ता अनिल आचार्यले ९ जना उम्मेदवारको उम्मेदवारी खारेज गर्न दायर गरेको रिट न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा पेशी तोकिएको हो । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका विजयकुमार गच्छादारसहित प्रभु साह, गोविन्दराज जोशी, सरिता गिरी, विक्रम पाण्डे, […]

विजय गच्छेदार र प्रभु साहसहित ९ जनाको उम्मेदवारी खारेज गर्न सर्वोच्चमा रिट

काठमाडौं । आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएका ९ जनाको उम्मेदवारी खारेज गर्न सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।अधिवक्ता अनिल आचार्यले ९ जनाको उम्मेदवारी खारेज गर्न माग गर्दै बिहीबार रिट दर्ता गरेका हुन् । बालुवाटार प्रकरणमा मुछिएको विजयकुमार गच्छादारसहित प्रभु साह, गोविन्दराज जोशी, सरिता गिरी, विक्रम पाण्डे, टेक बहादुर गुरुङ, लक्ष्मी महतो, युद्ध […]

भ्रष्टाचारी नेता जोशीको उम्मेदवारी खारेज

काठमाडौं । निर्वाचन आयोगले तनहुँ क्षेत्र नं.१ मा नेपाली कांग्रेसका नेता गोविन्दराज जोशी दिएको उम्मेदवारी खारेज गरेको छ । आयोगको शनिबार बसेको बैठकले नेता जोशीले...

बिधिको शासनको खिल्ली उड्यो, गम्भीर घटना भयो - गोविन्दराज जोशी

तनहुँ, कात्तिक १८ – नेपाली कांग्रेसका नेता गोविन्द राज जोशीले तनहुँ क्षेत्र नं. १ बाट प्रतिनिधीसभा सदस्यका लागि दिएको उम्मेदवारी खारेज भएको छ । ...