विजय गच्छदार र विक्रम पाण्डेसहित ९ जनाको उम्मेदवारी खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

२७ असोज, काठमाडौं । ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार बनेका ९ जनाको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता अनिल आचार्यले विजयकुमार गच्छदार, गोविन्दराज जोशी, विक्रम पाण्डे, प्रभु साह, सरिता गिरी, डीबी तामाङ भन्ने युद्धबिक्रम तामाङ, लक्ष्मी महतो र गगन भन्ने रेवतराज पुरीको उम्मेदवारी खारेजीको माग गर्दै […]

सम्बन्धित सामग्री

विजय गच्छदार र प्रभु शाह सहित ९ जनाको उम्मेदवारी रद्द गर्न माग गरिएको रिट खारेज

प्रतिनिधिसभा तथा प्रदेश सभाका ९ जना उम्मेदवारको उम्मेदवारी खारेज गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । अधिवक्ता अनिल आचार्यले उनीहरुको उम्मेदवारी खारेज गर्न सर्वोच्चमा रिट जारी गरेकोमा न्यायधिश अनिल कुमार सिन्हाको एकल इजलाशले उक्त रिट नै खारेज गरिदिएको हो ।  उक्त रिटमा नेपाली कांग्रेसका उम्मेदवार विजय कुमार गच्छेदार , पूर्व काँग्रेस नेता गोविन्दराज जोशी, राप्रपा नेता विक्रम पाण्डे, स्वतन्त्र उम्मेदवार प्रभु साह, तथा स्वतन्त्र उम्मेदवार सरिता गिरीको उम्मेदवारी खारेज गर्न माग गरिएको थियो । साथै  डी बी तामाङ भन्ने युद्ध विक्रम तामाङ , टेक बहादुर गुरुङ , लक्ष्मी महतो र गगन भन्ने रेवतराज पुरीको उम्मेदवारी खारेज गर्न माग गरिएको थियो।  अदालतले रिट नै खारेज गरेसंगे उनीहरु सबैको उम्मेदवारी कायम नै रहने भएको छ ।रिटमा उनीहरु विरुद्द भ्रष्टाचार तथा फौजदारी कसुरमा मुद्दा चलिरहेको, उनीहरुले भ्रष्टाचार तथा फौजदारी कसुरमा सजाय पाएकोले उनीहरु उम्मेदवार हुन योग्य नरहेको जिकिर गरिएको थियो। रिटमा उनीहरुको उम्मेदवारी रद्द गर्न र भविष्यमा यस्ता व्यक्तिहरू उम्मेदवार बन्न नपाउने गरी कानुन संशोधन गर्न अन्तरिम आदेश माग गरिएको थियो । उनीहरुलाई उम्मेदवार बन्न दिंदा भविष्यमा देश र जनताका लागि अपूरणीय क्षति पुग्न सक्ने रिटमा उल्लेख थियो  ।   उक्त रिटमा निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयलाई विपक्षी बनाईएको थियो। तर अदालतले रिट नै खारेज गरिदिएको हो ।