वन्यजन्तु संरक्षण अभियानमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने रेडियो टाइगर सम्मानित

बर्दिया – वन्यजन्तु संरक्षण अभियानमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै रेडियो टाइगर ९९.२ मेगाहर्ज बर्दियालाई डिभिजन वन कार्यालय बर्दियाले पहिलो पटक नगदसहित सम्मान गरेको छ ।  विश्व वन्यजन्तु संरक्षण दिवसको अवसरमा समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण अभियान कार्यक्रममा उज्यालोका बर्दिया सहकर्मीसमेत रहनुभएका रेडियो टाइगर बर्दियाका प्रबन्धक भावुक योगीलाई डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले सम्मानस्वरुप सात हजार रुपैयाँ नगदसहित खादा ओढाएर सम्मान पत्र प्रदान गर्नुभएको हो । राष्ट्रिय वन...

सम्बन्धित सामग्री

शे फोक्सुण्डोमा हिउँचितुवाको संख्या ९० पुग्यो

सुर्खेत : शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पामा हिउँ चितुवाको संख्या ९० पुगेको छ।क्यामरा ट्रयाप विधिबाट शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज तथा मध्यवती क्षेत्रमा गरिएको हिउँ चितुवाको गणना अनुसार ९० वटा रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक तथा प्रवक्ता अजय कार्कीले जानकारी दिए।प्रति १ एक सय वर्गकिलोमिटरमा २.२ हिउँ चितुवा संख्य जनघनत्वका साथ निकुञ्जमा ९० हिउँ चितुवा रहेको उनले बताए। हिउँ चितुवा संरक्षणका लागि यहाँ रेडियो कलर समेत जडान गरिएको छ।नेपाल सरकारको नेतृत्व र

दुई हिउँचितुवामा रेडियो कलर जोडिँदै

विश्वमै दुर्लभ हिउँचितुवाको विचरण क्षेत्र र उसको आनीबानीबारे अध्ययन गर्न शे–फोक्सुन्डो निकुञ्जमा यस वर्ष थप दुईवटा हिउँचितुवामा जीपीएस स्याटेलाइट कलर जोड्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि निकुञ्जले बजेटसहितको ‘अपरेसनल म्यानुअल’ स्वीकृतिका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा पेस गरेको छ ।