प्रदेश प्रहरीलाई समन्वयात्मकरूपमा काम गर्न महानिरीक्षकको निर्देशन

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रदेश प्रहरी प्रमुखलाई समन्वयात्मकरूपमा काम गर्न निर्देशन दिएका छन् । उनले सबै प्रदेश प्रहरी कार्यालयलाई एक आपसमा समन्वय गर्दै आवश्यक योजना बनाई कार्यसम्पादन गर्न आग्रह गरेका हुन् । सङ्गठनको विकास गर्न तयार गरिएको नेपाल प्रहरीको कार्ययोजना–२०७७ अन्तर्गत गरिएको कार्यसम्पादन सम्झौता अनुरूप प्रहरी कार्यालयका प्रमुखहरूले पूर्ण व्यावसायिकताका साथ आफ्नो जिम्मेवारी वहन गर्नुपर्नेमा उनको जोड थियो ।   प्रहरी प्रधान कार्यालयमार्फत भर्चुलरूपमा आज आयोजित समारोहमा प्रहरी महानिरीक्षक थापाले आर्थि...

सम्बन्धित सामग्री

अपराध अनुसन्धानमा अझ बढी केन्द्रित हुन महानिरीक्षकको निर्देशन

काठमाडौं  : प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले हालै सरुवा भई जान लागेका प्रहरी नायव महानिरीक्षकहरू र प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रममा आवश्यक निर्देशन सम्बोधन गरेका छन्।उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले अपराध अनुसन्धानमा अझ बढी केन्द्रित र गम्भीर भएर जघन्य अपराध, फरार अपराधी पक्राउलगायत पुराना टुङ्गोमा पुग्न नसकेका अपराधको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी काम गर्न निर्देशन दिए।आर्थिक रूपमा पारदर्शीताको नीतिलाई अवलम्बन गर्दै तस्कर

चाडपर्वको समयमा हुन सक्ने अपराधमा चनाखो हुन प्रहरी महानिरीक्षकको निर्देशन

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दशैँ सहितका चाडपर्वको समयमा हुन सक्ने अपराधका घटना न्यूनिकरणमा चनाखो बन्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयबाट भिडिओ कन्फ्रेन्समार्फत महानगरीय प्रहरी कार्यालय रानीपोखरी, ७ वटै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, महानगरीय प्रहरी परिसरहरु र जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुलाई चनाखो भई जिम्मेवारी वहन गर्न निर्देशन दिएका हुन् ।उनले चाडपर्वको समयमा जुवातास तथा मादक पदार्थ सेवनको कारण हुन सक्ने अपराधलाई नियन्त्रण गर्न विशेष योजना बनाउन र नागरिकलाई उत्साहका साथ चाडपर्व मनाउने वातावरण तयार गर्न सुरक्षा नीति बनाएरै काम गर्नुपर्ने बताएका हुन् । उनले सवारी दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरी र नागरिक समाजसँग समन्वय गरी सामूहिक रूपमा जनचेतनामूलक कार्यहरू सञ्चालन गर्न र प्रहरी हेल्प डेस्कलाई क्रियाशील बनाउन पनि निर्देशन दिएका छन् ।प्रहरी महानिरीक्षक थापाले सीमा नाकामा हुने चोरी, तस्करी तथा लुटपाट जस्ता घटनाहरूमा सिमापार रहेका सुरक्षाकर्मीहरूसँग समन्वयकारी भूमिका निर्वाह गरी त्यस्ता घटनाप्रति कठोर बन्न निर्देशनका छन् ।

अन्तरजिल्ला सुरक्षा समन्वयमा ध्यान दिन प्रहरी महानिरीक्षकको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्लाको समग्र शान्ति सुरक्षा कायम गर्ने विषयमा अन्तरजिल्ला सुरक्षा समन्वयमा विशेष ध्यान दिन प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । हालै सरुवा भएका प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षकलाई आज निर्देशन दिँदै उनले परिस्थितिअनुसार पूर्ण व्यावसायिक रुपमा काम गर्न पनि आग्रह गरे । प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा उनले […]