राप्रपा पराजयको मुख्य कारण निर्वाचन पूर्व पार्टी फूट र कांग्रेसले सहमति गरेअनुसार सिट नदिनु :: Pahilopost.com

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीको तीन दिने निर्वाचन समीक्षा बैठकले हारको मुख्य कारण पार्टी विभाजन भएको निष्कर्ष निकालेको छ। राजधानीस्थित नयाँ बानेश्वरमा भएको केन्द्रीय कार्यसमितिको बैठकले राप्रपासँग सहकार्य गरेका दललाई धन्यवाद दिदैं पार्टी पराजयको कारण निर्वाचनको पुर्व सन्ध्यामा गरिएको पार्टी विभाजन भएको निष्कर्ष निकालेको हो। बैठक सम्पन्न भएसँगै राप्रपाले नौ

सम्बन्धित सामग्री

कांग्रेसले सबै पद गुमाएको भन्दै देउवाको आलोचना

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाका कारण कांग्रेसले सत्तामा सबै पद गुमाएको भन्दै सामाजिक सञ्जालमा नेता कार्यकर्ताले देउवाको आलोचना गरेका छन् । आम निर्वाचन २०७९ को सबै परिणाम आएपछि नयाँ सरकार गठनका लागि कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी पार्टीका शीर्ष नेताबीच भएको चरणवद्ध छलफलमा आलोपालो प्रधानमन्त्री बन्दा पहिलो पालोमा को भन्ने विषयमा कुरा नमिल्दा कांग्रेसले […]

स्थानीय तह निर्वाचन: कांग्रेसीलाई डर ‘अन्तरघात’ कै!

स्थानीय तहको निर्वाचनको परिणामसंगै प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा बेहोर्नु परेको हारलाई पनि कांग्रेसले प्रमुख रुपमा पार्टी भित्रकै अन्तरघातसंग जोडेर हेर्यो। त्यसपछिको प्रदेशसभा उपनिर्वाचनमा पनि हारको कारण विश्लेषण भयो ‘अन्तरघात।’...

कांग्रेस महासमिति सदस्यका लागि लमजुङमा १४ फागुनमा मतदान हुने

जिल्ला अधिवेशन सकिएलगत्तै महासमिति सदस्य पदमा निर्वाचन गर्नुपर्नेमा निर्वाचनका कारण पार्टीका प्रतिनिधि, उम्मेदवार, आयोजक, निर्वाचन कर्मचारीलगायत सवैमा थकान भएपछि पछि सारिएको कांग्रेसले बताएको थियो।...

आगामी निर्वाचनमा कांग्रेसले अवस्था हेरेर तालमेल गर्ने

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र आगामी निर्वाचनमा सत्तारूढ दलबीच चुनावी तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा बहस हुन थालेको छ । कांग्रेसभित्र विगतको निर्वाचनको अभ्यास र निर्वाचनमा बढेको असन्तुष्टिलाई हेरेर तालमेल गर्नेभन्दा नगर्ने विषयमा बहस बढ्दै गएको छ । कांग्रेसले २०७४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा धेरै स्थानमा अन्य दलसँग तालमेल गरी आफ्ना उम्मेदवारलाई फिर्ता गराएको थियो भने सोही कारण कांग्रेस नेता कार्यकर्ता अन्य दलको निर्वाचन चिह्नमा मतदान गर्न बाध्य भएका थिए ।‘त

१२ जिल्लामा निर्वाचन अधिकृत पठाउने तयारी

नेपाली कांग्रेसले कात्तिक २७ गतेदेखि तल्लो तहको अधिवेशन प्रक्रिया अघि बढाउन लागिएको सिन्धुपाल्चोक, डोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्साका लागि जिल्ला निर्वाचन अधिकृत छनोटको तयारी थालेको छ । भदौ १८ देखि वडा अधिवेशन प्रक्रिया अघि बढाएको कांग्रेसले रसुवा र रौटहटको क्रियाशील सदस्यता विवाद अझै टुंग्याउन सकेको छैन । जसका कारण यी दुई जिल्लाको तल्लो तहको अधिवेशन अझै अनिश्चित छ । हालसम्म अधिवेशन प्रक्रिया शुरु भएको ६३ जिल्लामध्ये ४६ जिल्लामा पालिकासम्मको अधिवेशन सम्पन्न भएको छ । अधि...

कांग्रेस महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक

काठमाडौं : नेपाली कांग्रेसले आगामी मंसिर २४ देखि २६ गतेसम्म महाधिवेशन गर्नेगरी संशोधित कार्यतालिका सार्वजनिक गरेको छ।कांग्रेस निर्वाचन समितिले बिहीबार संशोधित कार्यतालिका सार्वजनिक गरेको हो। पार्टीका शीर्ष नेतासँग बुधबारको छलफलपछि निर्वाचन समितिले नयाँ कार्यतालिका सार्वजनिक गरेको छ।यसअघि कांग्रेसले तीन पटक महाधिवेशन सारेको थियो। कोरोना संक्रमण, क्रियाशील सदस्यता विवाद र अन्तर पार्टी समायोजन प्रक्रियामा कारण कांग्रेसले समयमै महाधिवेशन गर्न सकेको छैन। सिन्धुपाल्चाेक, बाँके, कैलाली, डाेल्पा सु

कांग्रेसले आज गाउँ/नगर अधिवेशन गर्दै

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज शनिवार गाउँ/नगर अधिवेशन हुँदैछ । क्रियाशील सदस्यता विवरण सार्वजनिक भएर वडा अधिवेशन सम्पन्न भइसकेका जिल्लामा शनिवार पालिका अधिवेशन हुन लागेका हुन् । काठमाडौं जिल्लामा भने वडा अधिवेशनको नतिजा निर्वाचन समितिमा नपुगेकाले पालिका अधिवेशन सारिएको छ । काठमाडौंमा असोज १६ गते पालिका अधिवेशन तोकिएको छ । सदस्यता विवरण सार्वजनिक नभएका १३ जिल्लामा वडा अधिवेशन नै अनिश्चित भएको छ । सदस्यता विवादका कारण कांग्रेसले महाधिवेशन कार्यतालिका संशोधन गर्दै आएको छ ।

निर्वाचन आयोगलाई कांग्रेसको पत्र  महाधिवेशन ढिलाइको कारण कोरोना

कांग्रेसले १४औँ महाधिवेशन सुरु भएको जानकारी निर्वाचन आयोगलाई गराएको छ । कांग्रेसले कोरोना महामारीका कारण उत्पन्न परिस्थितिका कारण समयमै महाधिवेशन सम्पन्न हुन नसकेको जानकारी गराएको हो । कांग्रेसले महाधिवेशनमा भएको ढिलाइ र...

नेपाली कांग्रेस निर्वाचन निर्देशिका प्रेसमा

नेपाली कांग्रेसको निर्वाचन निर्देशिका भदौ २ गते नै बुझाउने भनिएकोमा ६ गतेसम्म सार्वजनिक नभएको कारण खुलाउँदै केन्द्रीय निर्वाचन समितिले ‘छपाइ धमाधम भइरहेको’ जनाएको छ । १४औं महाधिवेशनको संघारमा रहेको नेपाली कांग्रेसले क्रियाशील सदस्यका साथै निर्वाचन निर्देशिका पनि अझै सार्वजनीक गरेको छैन । कांग्रेसले श्रावण ३० गते सम्पन्न केन्द्रीय समितिको बैठकको सुझावअनुसार निर्वाचन निर्देशिका तयार गरी छपाइको लागि प्रेसमा पठाइसकेको बताइएको छ । केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले आइतबार बसेको बैठकले निर्वाचन ...