एजेन्सी । पाकिस्तानको बलुचिस्तान प्रान्तमा विहीबार विहानै शक्तिशाली भूकम्प जाँदा कम्तिमा १८ जनाको मृत्यु भएको छ । राज्यको प्रकोप व्यवस्थापन अधिकारीहरुले बीबीसीलाई बताएअनुसार मृतकको संख्या अझै बढ्नेछ । सामाजिक सन्जालमा देखिएका तस्वीर र भिडियोमा बलुचिस्तानको राजधानी क्वेटा शहरमा नागरिकहरु घर छाडेर सडकमा जम्मा भएका छन् । प्रारम्भिक रिपोर्टअनुसार भूकम्प ५.७ म्याग्निच्युडको भएको बताइएको छ । […]