काठमाडौं, २६ पुष। सुदूरपश्चिम प्रदेश सरकार निर्माणमा नागरिक उन्मुक्ति पार्टीले सत्ता गठबन्धनलाई समर्थन गर्ने भएको छ। यसअघि सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको दाबी गरिरहेको नागरिक उन्मुक्तिले अब सत्ता गठबन्धनलाई समर्थन गर्ने भएको हो। उन्मुक्ति पार्टीको समर्थनसँगै सुदूरपश्चिममा एमालेका राजेन्द्र रावल मुख्यमन्त्री बन्ने भएका छन्। सत्तारूढ गठबन्धनले सुदूरपश्चिमको मुख्यमन्त्री एमाले र माओवादी केन्द्रबीच आलोपालो गर्ने सहमति गरेका छन्। […]
सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थायी शान्ति र लोकतन्त्रका लागि सत्ता गठबन्धनलाई बहुमत दिलाउन आग्रह गरे ।प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनलाई […]
नेकपा (माओवादी केन्द्र)का नेताहरूले प्राप्त उपलब्धि संस्थागत गर्नका लागि आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा सत्ता गठबन्धनलाई मतदान गर्न अपिल गरेका छन्।...
जिल्ला समन्वय समिति दैलेखका प्रमुखमा सत्ता गठबन्धनलाई हराउँदै नेपाली कांग्रेसका बागी स्वतन्त्र उम्मेदवार नमराज शाही विजयी हुनुभएको छ । शाही सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै १३ मत प्राप्त गरेर विजयी हुनुभयो । सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को तर्फबाट प्रमुखको उम्मेदवार नेपाली कांग्रेसकी दुर्गाकुमारी श्रेष्ठले नौ मत प्राप्त गर्नुभयो । …
१४ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनमा देशैभर तालमेल गर्न नसकेका पाँचदलीय सत्ता गठबन्धनलाई सहमति भएका ठाउँहरुमा पनि बागी उम्मेदवारको भारी अर्को चुनौती बनेको छ । देशभरका पालिकामा नेपाली कांग्रेसबाट करिब दुई सयभन्दा बढी, माओवादी केन्द्रबाट १६ वटाभन्दा बढी र केही ठाउँमा एकीकृत समाजवादीको उम्मेदवारले पनि बागी मनोनयन दर्ता गराएका छन् । चितवनको भरतपुर महानगरमा […]
काठमाण्डाै – संविधानविद् डा. भीमार्जुन आचार्यले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाएको प्रकरणले सत्ता गठबन्धनलाई नै प्रभाव पार्ने बताउनुभएको छ । आज आइतवारकाे कुराकानीमा संविधानविद् आचार्यले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन सत्तारुढ गठबन्धनका सबै दलहरू समावेश नदेखिनुले सत्ता गठबन्धनलाई नै प्रभावित पार्न सक्ने बताउनुभएको हो । यस प्रकरणले संसदमा टेबुल हुने तयारीमा रहेको एमसीसी परियोजनालाई समेत प्रभाव पार्ने उहाँले बताउनुभयो । सभामुख अग्निप्रसाद सापकोटाको निरन्तरताको सबालमा पनि यस प्रकरणले प्र...
संविधानविद् भिमार्जुन आचार्यले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाएको प्रकरणले सत्ता गठबन्धनलाई नै प्रभाव पार्ने बताएका छन् । आचार्यले प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउन सत्तारुढ गठबन्धनका सबै दलहरु समावेश नदेखिनुले सत्ता गठबन्धनलाई नै प्रभावित पार्न सक्ने बताएका हुन् । यस प्रकरणले संसदमा टेबुल हुने तयारीमा रहेको एमसीसी परियोजनालाई समेत प्रभाव पार्ने उनले बताए । सभामुख अग्निप्रसाद सापकोटाको निरन्तरताको सवालमा पनि यस प्रकरणले प्रश्न उब्जाएको उनले उल्लेख गरे ।
जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीको बाहानामा सत्ता गठबन्धनलाई तोड्ने खतरा रहेको बताएका छन् ।सोमवार नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपालले अघिल्लो वर्ष प्रतिनिधिसभा विघटन भएको पुस ५ गतेको दिनलाई कालो दिनका रूपमा स्मरण गर्दै आयोजना गरेको कार्यक्रममा बोल्दै डा. भट्टराईले एमसीसीको बाहानामा सत्ता गठबन्धनलाई तोड्ने खतरा रहेको बताए । देशी, विदेशी […]
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले वर्तमान सत्ता गठबन्धनलाई लोभिपापीहरुको संज्ञा दिए ।बिहीबार रिपोर्टर्स क्लबमा पूर्वउपप्रधानमन्त्री रायमाझीले बिना कुनै आधारमा सर्वसत्तावादी र चरम अराजकतावादी चिन्तनको आधरामा सरकार चलाउन खाजेको भन्दै वर्तमान सत्ता गठबन्धनलाई लोभिपापीहरुको संज्ञा दिए । उनले लोभीपापीहरुको झुन्ड र व्यक्तिको स्वार्थका कारण नै दुई महिना भन्दा धेरै समयमा मन्त्रिपरिषद्ले पूर्णता […]