सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय तत्काललाई कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । अधिकारीले दिएको रिटको सुनुवाई गर्दै मंगलबार सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले वैशाख १३ गते दुवै पक्षलाई छलफलका लागि पनि बोलाएको छ। सर्वोच्चले आदेश गरेसँगै उनी बुधबारदेखि काममा फर्कन पाउने भएका छन् । राष्ट्र […]