यी ३ गुण भएका लगानीकर्तालाई सेयरको दोस्रो बजारभन्दा म्युचुअल फण्डमा लगानी धेरै प्रभावकारी

कम पूँजी भएकाहरुका लागि सामुहिक लगानीकोष योजना (म्युचुअल फण्डमा) लगानी गर्नु प्रभावकारी हुने सरोकारवालाहरुले बताएका छन् । शुक्रवार मर्चेण्ट बैंकर एशोसिएसन अफ नेपालको सहयोग र नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा भएको म्युचुअल फण्डको वारेमा बुझौ र बुझाऔं विषयक भर्चुअल प्रशिक्षण कार्यक्रमका बक्ताहरुले सो कुरा बताएका हुन । कार्यक्रममा बोल्दै मर्चेण्ट बैंकर एशोसिएसनका महासचिव तथा ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले कम पूँजी भएका र दोस्रो बजारमा जोखिम लिन नसक्ने लगानीकर्ताहरुका लागि म्यचुअल फण्डमा लगानी प्रभावकारी हुने बताएका हुन । कम पूँजी भएका , बजारमा लगानी गर्ने सम्बन्धमा ज्ञान नभएका र जोखिम लिन नचाहने जस्ता (तीन गुण भएका) लगानीकर्ताहरुका लागि म्युचुअल फण्डको लगानी सुरक्षित हुने विश्वास ढकालको छ ।धितोपत्र दोस्रो बजारको लगानी पैसा तिरेर जोखिम किनेको सहर भएकाले बुझेर मात्र यो व्यापारमा लाग्नेले नाफा कमाउने तर्क उनको छ । सुचनाको व्यापारको रुपमा पनि धितोपत्र दोस्रो बजारमा लगानी गर्ने प्रबृत्ति बढ्दै गएकाले सहि सुचना आजको आवश्यकता रहेको समेत ढकालको भनाई छ। दोस्रो बजारको जोखिम न्यूनिकरणका लागि एउटै क्षेत्रमा नभएर बिभिन्न क्षेत्रमा लगानी गर्न समेत उनले सुझाब दिएका छन् । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले पनि म्युचुअल फण्डमा गरेको लगानीमा जोखिम कम हुने कुरालाईनै दोहो¥याएका छन् । योजना व्यवस्थापकलेनै लगानीकर्ताहरुको सम्पत्तिको जिम्मा लिएर त्यसको प्रभावकारी व्यवस्थापन गर्ने हुनाले यसमा जोखिम कम हुने धारणा गिरीको छ । हाल नियामक निकायबाट १७ ओटा योजना व्यवस्थापकहरुलाई म्युचुअल फण्ड सञ्चालनका लागि अनुमति दिएको बताउँदै उनले दोस्रो बजारमा २५ ओटा बन्दमुखी योजनाहरुको रू. २९ अर्ब बराबरको पूँजी परिचालन रहेको जानकारी दिए । यी बाहेक चार ओटा खुलामुखी योजनाहरु सञ्चालनमा रहेको समेत उनले बताए । म्युचुअल फण्डले धितोपत्र बजारमा आकार लिईसकेको अवस्थामा यसलाई अझ अघि बढाउन आवश्यक रहेको समेत गिरीको भनाई छ । म्युचुअल फण्डले दोस्रो बजारको माग र आपुर्ति सन्तुलनका लागि काम गर्नुपर्ने माग आईरहेको अवस्थामा उनले म्युचुअल फण्ड पनि अन्य लगानीकर्ता सरह भएको प्रष्ट पारे । म्युचुअल फण्डहरुले साना साना लगानीकर्ताहरुको पूँजीको जिम्मा लिई थोरै भएपनि प्रतिफल वितरण गर्नुपर्ने भएकाले उ त झनै चनाखो भएर लगानीगर्नुपर्ने भनाई गिरीको छ।सञ्चारकर्मिहरुको माध्यमबाट आम लगानीकर्ताहरुलाई सहज तरिकाले म्युचुअल फण्डको वारेमा सुचना सम्प्रेषण गर्ने उदेश्य सहित आयोजना गरिएको उक्त कार्यक्रममा म्युचुअल फण्डका विविध विषयमाथी प्रष्ट पार्दै एनआईबिएल एस क्यापिटलका सहायक महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले अन्तराष्ट्रिय बजारमा खुलामुखी योजनाहरुनै म्युचुअल फण्डका रुपमा परिचित भएकाले नेपालमा पनि खुलामुखी योजनाकै भविश्य राम्रो रहेको समेत बताए ।मर्चेण्ट बैंकर एशोसिएसनका अध्यक्ष मेख बहादुर थापाले पछिल्लो समय संस्थागत लगानीकर्ताहरुसँगै अन्य व्यक्तिगत लगानीकर्ताहरुमा पनि म्युचुअल फण्डप्रति आकर्षण बढ्दै गएकाले आगामी दिनमा यस्ता योजनाहरु बढाएर लैजानुपर्ने आवश्यकता औल्याएका छन् । म्युचुअल फण्डका सम्बन्धमा आम लगानीकर्ताहरुलाई थप जानकारी गराउन नाफिजको माध्यमबाट निरन्तर सहकार्य गर्ने प्रतिवद्धता समेत अध्यक्ष थापाले गरेका छन्।नेपाल आर्थिक पत्रकार संघ नाफिजका अध्यक्ष मोदनाथ ढकालले पनि दिर्घकालिन लगानीको रुपमा म्युचुअल फण्डमा लगानी गर्न उपयुक्त हुने सन्देश आम लगानीकर्ताहरुमा पु¥याउन आवश्यक रहेको बताए । यसका लागि पत्रकारहरुको क्षमतालाईनै बढाउन आवश्यक रहेको उनको भनाई छ । नाफिज र मर्चेण्ट बैंकर एशोसिएसनको सहकार्यलाई निरन्तरता दिदैं पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि आगामी दिनमा पनि म्युचुअल फण्ड लगाएत धितोपत्र बजारका थप विषयमा कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरे । आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारहरुको क्षमता विकासका लागि नाफिजले विभिन्न निकायहरुसँगको सहकार्यमा क्षमता विकास सम्बन्धी कार्यक्रमहरु गर्दै आएको छ । 

सम्बन्धित सामग्री

संघीय संसद्लाई प्रभावकारी बनाउनुपर्छ : सभामुख

काठमाडौं : सभामुख देवराज घिमिरेले संघीय संसदलाई सर्वोच्च विधायकी संस्थाको रुपमा प्रभावकारी बनाउनुपर्ने बताएका छन्।सोमबार संघीय संसद् सचिवालयले आयोजना गरेको संसद् सेवाको प्रभावकारितासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संसदलाई सर्वोच्च विधायकी संस्थाको रुपमा प्रभावकारी बनाउनुपर्ने बताएका हुन्।उनले संसद् सर्वोच्च विधायकी संस्था भएको उल्लेख गर्दै विधायकी संस्थालाई सर्वोच्च बनाउनुपर्नेमा जोड दिए। उनले संसदलाई प्रभावकारी बनाउनुपर्ने बताए। उनले संसदलाई प्रभावकारी बनाउनका लागि सबैको भूमिका हुने

बजेटको प्रभावकारी कार्यान्वयनमा जोड

चालु आर्थिक वर्षको बजेटको प्रभावकारी कार्यान्वयनका जानुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

मतदाता शिक्षालाई प्रभावकारी बनाइने

काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षालाई थप प्रभावकारी बनाइने जनाएको छ । गत स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नभएको भन्दै आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि भने टोलटोलमा पुगेर पुनः मतदाता शिक्षा प्रभावकारी बनाउने अभियान सुचालु गरेको जनाएको हो । मतदाता शिक्षालाई प्रभावकारी बनाउन आयोगले स्थानीय तहमार्फत प्रत्येक वडामा मतदाता शिक्षा कार्यकता खटाएको बताएको […]

मतदाता शिक्षालाई प्रभावकारी बनाउन आयोगको आग्रह

गत स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नभएको भन्दै आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि भने टोलटोलमा पुगेर पुनः मतदाता शिक्षा प्रभावकारी बनाउने अभियान सुचारु गरेको जनाएको हो।...

नाकामा चेकजाँचलाई प्रभावकारी बनाइने

कोरोना संक्रमणलाई समुदायस्तरमा फैलन नदिनका लागि सुर्खेत भित्रिने मुख्य दुई वटा नाकामा चेकजाँचलाई प्रभावकारी बनाइने भएको छ।...

भीसीटीएसलाई प्रभावकारी बनाउँदै सरकार

व्यापारिक गतिविधिलाई पारदर्शी बनाएर राजस्व चुहावट रोक्ने अभिप्रायले लागू गरिएको भेइकल्स एन्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) लाई थप प्रभावकारी बनाइने भएको छ । भीसीटीएस लागू भएको २ वर्ष बितिसक्दा पनि कार्यान्वयन प्रभावकारी हुन नसकेको टिप्पणी भइरहेका बेला राजस्व अनुसन्धान विभागले यो प्रणालीलाई थप कसिलो बनाउन लागेको हो । भन्सारबाट प्रवेश गरेका ढुवानीका साधन र स्वदेश भित्रका उद्योग तथा व्यापारिक प्रतिष्ठानबाट व्यावसायिक प्रयोजनका लागि हुने ढुवानीमा यो प्रणाली अनिवार्य कार्यान्वयन हुनुपर्ने सरकारी नीति छ । अहिलेसम्म ...

चीनको नयाँ खोप ६७ प्रतिशत प्रभावकारी

बेइजिङ– कोरोनाभाइरस विरुद्ध चीनले उत्पादन गरेको नयाँ खोप ६७ प्रतिशत प्रभावकारी भएको पुष्टि गरिएको छ । चीनको क्लोभर बायोफर्मास्युटिकलले उत्पादन गरेको खोप प्रभावकारी रहेको परीक्षणबाट पुष्टि भएको हो । कोरोनाकै डेल्टा भेरियन्टका विरुद्धमा भने ७९ प्रतिशत प्रभावकारी देखिएको अधिकारीले जानकारी दिएका छन् । सो खोप उत्पादक कम्पनीले आफ्नो अध्ययन प्रतिवेदन विश्व स्वास्थ्य सङ्गठनलाई बुझाउने तयारी […]

चीनको नयाँ खोप ६७ प्रतिशत प्रभावकारी

कोरोनाभाइरस विरुद्ध चीनले उत्पादन गरेको नयाँ खोप ६७ प्रतिशत प्रभावकारी भएको पुष्टि गरिएको छ । चीनको क्लोभर बायोफर्मास्युटिकलले उत्पादन गरेको खोप प्रभावकारी रहेको परीक्षणबाट पुष्टि भएको हो ।कोरोनाकै डेल्टा भेरियन्टका विरुद्धमा भने ७९ प्रतिशत प्रभावकारी देखिएको अधिकारीले जानकारी दिएका छन् । सो खोप उत्पादक कम्पनीले आफ्नो अध्ययन प्रतिवेदन विश्व स्वास्थ्य सङ्गठनलाई बुझाउने तयारी गरेको छ । प्रतिवेदनसँगै कम्पनीले खोप प्रयोगका लागि अनुमति दिन पनि माग गर्ने भएको छ ।  खोप उत्पादक कम्पनी क्लोभरको

'कोभिसिल्ड खोप सुरक्षित र प्रभावकारी'

स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले कोभिसिल्ड सुरक्षित र प्रभावकारी रहेको कुरा वैज्ञानिक अध्ययनले पुष्टि गरेको बताए। खोप लगाएपछि केही व्यक्तिमा सामान्य असर देखिए पनि सुरक्षित र प्रभावकारी देखिएको उनले बताए।

ब्राजिलमा चीनको सिनोभाक भ्याक्सिन ५० प्रतिशत प्रभावकारी देखियो

चीनको सिनोभाकले निर्माण गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन अनुमान गरेको भन्दा कम प्रभावकारी भएको ब्राजिलियन अधिकारीहरुले बताएका छन्। ब्राजिलमा भएको सिनोभाक भ्याक्सिनको क्लिनिकल ट्रायलको अनुसन्धानका क्रममा उक्त भ्याक्सिन ५०. ४ प्रतिशत प्रभावकारी भएको दाबी गरिएको छ। पहिला दाबी गरिएको भन्दा भ्याक्सिन कम प्रभावकारी देखिएको हो। भ्याक्सिनले स्वीकृति पाउन कम्तीमा ५० प्रतिशत प्रभावकारी हुनपर्ने…