स्वास्थ्य सेवा विभागले साउनदेखि स्वास्थ्य आपूर्ति व्यवस्थापन प्रणालीमा मासिक प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । विभागले देशभरका सम्पूर्ण स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय र स्थानीय तहलाई मासिक प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो । त्रैमासिक प्रतिवेदनलाई समय सापेक्ष परिमार्जन गर्नका लागि आगामी आर्थिक वर्षको साउन महिनादेखि मासिक रुपमा प्रतिवेदन पेश गर्न निर्देशन दिइएको व्यवस्थापन महाशाखाका निर्देशक डा रुद्र प्रसाद मरासिनीद्धारा हस्ताक्षर गरिएको सूचनामा उल्लेख छ ।यसअघि स्वास्थ्य स