एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रुसी विदेशमन्त्री सर्गेई लाभरोभ बीच करिब एक वर्षको अन्तरालमा भेटवार्ता भएको छ । रुस युक्रेन युद्ध सङ्कट बढेपछि रुस र अमेरिका बीच तिक्ततापूर्ण सम्बन्ध रहेकामा बिहीबार दुई देशका विदेशमन्त्री बीच पहिलो पटक आमनेसामने कुराकानी भएको बताइएको छ ।