होण्डाको तिहार एक्सचेन्ज अफर

काठमाडौँ : होण्डा टु ह्विलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘तिहार एक्सचेन्ज महोत्सव’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ।यो योजनाअन्तर्गत ग्राहकहरूले प्रत्येक एक्सचेन्जमा थप रु. सात हजार वा दशैँतिहार योजना रोज्न सक्नेछन्। त्यसैगरी होन्डाका पहिलो २५० ग्राहकले एक्सचेन्जको न्यूनतम मूल्याङ्कन रु. ५०,००० पाउने कम्पनीले जनाएको छ।यो योजना २०७९ कात्तिक १ देखि ६ गतेसम्म मात्र लागू हुनेछ। नेपालमा सर्वाधिक रुचाइएको होण्डाका मोटरसाइकल तथा स्कुटरको हकमा आएको य

सम्बन्धित सामग्री

टाटा मोटर्सको 'बडादशैं बडा अफर'

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रा.लि.ले बडादशैं, तिहार र छठ पर्व २०८० को अवसरमा नयाँ गाडी खरिदकर्ताहरूलाई ‘टाटा मोटर्स बडादशंै बडा अफर’ सार्वजनिक गरेको छ । उक्त योजनाअन्तर्गत ग्राहकले टाटा आइस रेञ्जका गाडीको खरीदमा रु सात लाख तीस हजारसम्मको फाइदा पाउन सक्ने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।  कम्पनीका अनुसार यस योजनामा नगद छूट, वार्षिक सवारी करमा छूट, एक वर्षको बीमा सुविधा, एक्सचेन्ज बोनस र एक्सेसरिजहरू पाउन सक्नेछन् । यसका साथै टाटा इभी गाडीहरूमा पनि आकर्षक अफरहरू रहेको कम्पनीको भनाइ छ ।  बडादशैंको अवसरमा टाटा मोटर्सको सोरुममा गएर नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू एच फाईभ, सफारी, नेक्सन, टियागो, टिगोर, पन्च, नेक्सन इभी, टिगोर इभी र टियागो इभी लगायतका आइस र ईभी रेञ्जका गाडीहरू अवलोकन र टेस्ट ड्राइभ गर्न सकिने कम्पनीले जनाएको छ ।

सुजुकी ‘पर्वोत्सव’ योजनामा नाडा शोमा छुट

काठमाडौं– नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सिजी होल्डिंस अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले आगामी दसैं तिहार भरीका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको थियो । यो योजनाअन्तर्गत ग्राहकले एक लाख रुपैयाँसम्मको नगद छुट, १ वर्षको सवारी बीमा र एक लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस पाउन सक्नेछन् । नाडा अटो शो लक्षित शो […]

होण्डाको तिहार अफर: बाइक एक्सचेन्ज गर्दा न्यूनतम मूल्याङ्कन ५० हजार

होण्डा टु व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले “तिहार एक्सचेन्ज महोत्सव” नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ । यो योजना अन्तर्गत ग्राहकहरूले, प्रत्येक एक्सचेन्जमा थप रु. सात हजार वा दशैं÷तिहार योजना रोज्न सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार होन्डाका पहिलो २५० ग्राहकहरूले एक्सचेन्जको न्यूनतम मूल्याङ्कन रु. ५०,००० पाउनेछन् । योजना २०७९ कार्तिक १ देखि ६ गते सम्म सीमित अवधिको लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।  नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ । .

देखापढी विजिनेश न्यूज

काठमाडौं। स्मार्ट लाइसेन्सका लागि १२ लाख कार्ड खरिद गर्न यातायात व्यवस्था विभागले ठेक्का आह्वान गरेको छ।आचारसंहिता लागिसकेपछि नयाँ स्टक र ब्रोकरको लाइसेन्स खोलिएको भन्दै निर्वाचन आयोगले स्पष्टिकरण माग्यो। अर्थतन्त्रमा निजी क्षेत्रको योगदानबारे अध्ययन गर्न अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)सँग उद्योग वाणिज्य महासंघले सहकार्य गर्दैछ। तिहार नजिकिएसँगै अम्रिसोे कुचोको माग ह्वात्तै बढ्यो।टीभीएसले भोलिदेखी ‘बेजोड अनि अद्भुत एक्सचेन्ज अफर’ मेला आयोजना गर्दैछ।

दशैं-तिहार लक्षित प्रोटोनको ‘गन्तव्य खुशीयाली’ योजना सार्वजनिक

काठमाडौं । प्रोटोनले दशैं–तिहारलाई लक्षित गरी ‘गन्तव्य खुशीयालीको’ अफर सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत हरेक सागा सेडानको खरिदमा एनटर्क स्कुटर पाउन सकिने कम्पनीको भनाइ छ । पहिलो वर्षको सडक कर र बिमा पाउनुका साथै सहज इन–हाउस फाइनान्स, एक्सचेन्ज बोनस र हरेक टेस्ट ड्राइभमा आकर्षक उपहार पनि पाउन सक्ने कम्पनीको भनाइ छ । यो […]

दशैँमा गाडी किन्ने सोचमा हुनुहुन्छ ? यस्ता छन् अफर

बजारमा सवारी साधनको बिक्रि करिब करिब शून्य भइरहेको अवस्थामा पनि व्यवसायीहरुले दशैँ तिहारको अफर ल्याउन थालेका छन् । एकातिर गाडी आयातमा प्रतिबन्ध लागेको र अर्कोतिर स्टक पनि सकिएको अवस्थामा बुकिङ लिन सकिन्छ की भनेर गाडी आयातकर्ताहरुले चाडपर्व अफर सार्वजनिक गरेका हुन् ।२०७८ पौषबाट विदेशी मुद्राको सञ्चितीमा दबाब परेको भन्दै गाडीको आयातका लागि खोलिने प्रतितत्रप (एलसी)मा कडाइ गरेको सरकारले नयाँ साल लागेपछि आयात नै बन्द गर्यो । सुरुमा असार मसान्तसम्म कायम रहेको गाडीको आयात प्रतिबन्ध साउन १ बाट पुनः भदौ १४ सम्म लम्बियो । भदौ १५ बाट बैशाख अघि एलसी खोलिएकालाई आयात गर्न दिने र नयाँ एलसी भने नखोल्ने गरी आयात प्रतिबन्धलाई निरन्तरता दिईएको छ ।बजारमा अहिले व्यवसायिक सवारी साधन र केही विद्युतीय कारहरु मात्रै उपलब्ध भएको अवस्थामा पनि व्यवसायीहरुले अफर भने ल्याएका छन् । यस्तो छ व्यवसायीको भनाइनाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुब थापाले दशैँ तिहारको बजार केही कमर्सियल र केही विद्युतीय सवारीले धान्नुपर्ने समस्या रहेको बताउँछन् । उनका अनुसार राजस्व लक्ष्यमै नकारात्मक असर पर्ने गरी सरकारले ‘चेन’ नै बिगार्ने गरी आयातमा प्रतिबन्ध लगाउँदा यसको असर अटो उद्योगले ब्यहोरिरहनु परेको उनको भनाइ छ ।‘गाडीको अयात प्रतिबन्ध लगाउँदा दशैँ तिहारमा प्यासेन्जर गाडी उपलब्ध हुने अवस्था नै छैन, यसपाली कमर्सियल र इलेक्ट्रिक भेहिकलले धान्नुपर्ने छ’ उनले भने । नेपाली बजारमा अहिले विद्युतीय गाडीको माग बढिरहेको भएपनि उत्पादक कम्पनीहरुले नै माग अनुसार पठाउन नसकेको उनको भनाइ  । ढुवानीका ठूला साधन, पिकअप भ्यान र बस लगायतका कमर्सियल गाडीको पनि खासै ठूलो माग छैन ।यस्ता छन् अफरबजारमा गाडी नभए पनि व्यवसायिक र इलेक्ट्रिक भेहिकल बिक्रि गर्दै आएका टाटा, फोर्स, चांगन र ग्रेटवाल मोटर्सले चाडपर्व अफर भने सार्वजनिक गरेका छन् । प्यासेन्जर भेहिकल बिक्रि गर्ने फक्सवागन, चेरी, जीडब्लुएम लगायतले दशैँ तिहार अफर सार्वजनिक गरेका छन् । टाटा ‘दशैँमा द–सही अफर’नेपालमा टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले ‘दशैँमा द–सही अफर’ सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत टाटा मोटर्सका कमर्सियल गाडी खरिद गर्दा टिभी, फ्रिज, वासिङ्ग मेसिन, ओभन, ल्यापटप वा मोबाइलमध्ये कुनै एक उपहार जित्न सकिने छ । यो अफरमा एएमसी, एक्सचेञ्ज, रिप्लेसमेन्ट र ७० प्रतिशतसम्म फाइनान्सको सुविधा पनि छ । फोर्स मोटर्सः ‘भरमार उपहारको वर्षा’फोर्स मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले ‘भरमार उपहारको वर्षा’ नामक चाडपर्व अफर ल्याएको छ ।अफर अन्तर्गत नगद छुट, वासिङ्ग मेसिन, स्मार्ट टिभी, स्मार्ट फोन लगायतका उपहारहरु पाइने कम्पनीले जनाइको छ । चांगन: ‘दशैँ डिलाइट अफर’चांगन अटोले दशैँ र तिहारको अवसरमा ‘दशैँ डिलाइट अफर’ ल्याएको छ । यो अफर अन्तर्गत ग्राहकहरुले चांगनका हन्टर र एल्सभिन गाडी १५ र ८ लाख डाउन पेमेन्टमै किन्न सक्ने छन् । यी गाडीको खरिदमा चाडपर्वको अफर अन्तर्गत आकर्षक छुट, १ लाख सम्मको एक्सचेन्ज बोनस, १ वर्ष निशुल्क बीमा र १ वर्ष निशुल्क सडक दस्तुर पाइनेछ । ग्रेटवालः ‘ग्रेट डिल्स, ग्रेट च्वाइसेस’ग्रेट वाल मोटर (जीडब्लुएम) गाडीकोे नेपालका लागि आधिकारिक बिक्रेता भिजी इम्पेक्स प्रा.लि.ले पनि ‘ग्रेट डिल्स, ग्रेट च्वाइसेस’ अफर ल्याएको छ । अफर अन्तर्गत ग्राहकले ग्रेटवाल मोटरका गाडी (हाभल एच सिक्स, हाभल जोलायन, पावर र विङ्गल ५) खरिद गर्दा नगद छुट, १ वर्षको कम्प्रिहेन्सिभ बीमा, १ वर्षसम्म निःशुल्क मेन्टिनेन्स र १ वर्षको नियमित मर्मतसम्भार खर्च कभर हुनेछ । यदि, खरिदकर्ताको घर परिवारमा पहिल्यै जीडब्लुएम गाडी भएमा अतिरिक्त छुट पनि पाइनेछ । निःशुल्क एसेसरिज, ५ वर्षको वारेन्टीसहित एक्सचेन्जको अवसर पनि दिइएको कम्पनीले जनाएको छ । फक्सवागनः ‘अनबिटेबल फेस्टिभ अफर’फक्सवागनले ‘अनबिटेबल फेस्टिभ अफर’ भनेर ०.९९ प्रतिशत ब्याजमै गाडी उपलब्ध गराउने अफर सार्वजनिक गरेको छ ।चेरीः ‘चेरी चाडपर्व अफर’चेरी कारको नेपालको लागि आधिकारिक वितरक एस.पी.जी अटोमोबाइल्सले दशैँ र तिहार लक्षित ‘चेरी चाडपर्व अफर’ सार्वजनिक गरेको छ ।चेरीका चेरी टिग्गो ४प्रो, टिग्गो ७प्रो र टिग्गो ८प्रो मा यो अफर लागू हुनेछ । अफर अनुसार ग्राहकले मोडलअनुसार ५ लाख ८९ हजार ८ सय रुपैयाँसम्मको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।नगद छुट, १ वर्षको निःशुल्क बीमा र १ वर्षको दस्तुर छुट, ३ वर्षको वारेन्टी र ३ वर्षको सर्भिसिङ सुविधा पनि पाइनेछ । पुरानो चेरीको कारसँग नयाँ चेरी कार एक्सचेन्ज गर्दा १ लाख सम्मको एक्सचेन्ज बोनस पनि प्राप्त हुनेछ । आइएमई मोटर्सः ‘हर्षको वहारमा छानी–छानी उपहार’अशोक लेल्याण्डका कमर्सियल गाडीहरु बिक्रि गर्दै आएको आइएमई मोटर्सले चाडवाडका अवसरमा ‘हर्षको बहार लैजानुहोस् छानी छानी उपहार’ नाम योजना ल्याएको छ । अफर आन्तर्गत अशोक लेल्याण्डका साना दोस्त गाडीको खरिदमा ल्यापटप अथवा सुन र मोबाइल फोन र खरिदकर्ता मध्ये २ जनाले थाइल्यान्ड टुरको अवसर पाउनेछन् । आईसीभी, ट्रक, टिपर, आईसीभी बसको खरिदमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा सुन अथवा २  जनालाई सिङ्गापुर टुरको अवसर पाउनेछन् । एम एण्ड एचसीभी ट्रक, टिप्पर, एमडीभी बसमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा सुन अथवा १ जनाले यूरोप टुरमध्ये १ अफर छानेर लिन सक्नेछन् ।३० प्रतिशत डाउनपेमेन्ट गरेर गाडी लिन सकिने व्यवस्था गरेको छ ।

जावा नेपालले ल्यायो दसैँ तिहार लक्षित अफर

काठमाडौं । जावा नेपालले दसैँ तिहार लक्षित अफर सार्वजनिक गरेको छ । उक्त अफर अन्तर्गत ९ प्रतिशतको ब्याजदरमा जावाको मोटरसाइकल किन्न सकिन्छ । साथै हरेक जावा बाइकको खरिदमा निःशुल्क ‘प्रोफेसनल राइडिङ ज्याकेट’ र ‘हेल्मेट’ पनि प्राप्त सक्ने कम्पनीले जनाएको छ । कम्पनीले ‘इजि एक्सचेन्ज’ सुविधा दिँदै आएको छ । फाइनान्सिङ पार्टनर ‘अग्नि हायर...

गाडी व्यवसायीलाई लाग्यो दशैँ, कुन कम्पनीको कस्तो छ अफर ?

अटोमोबाइल्स व्यवसाय चलायमान बन्ने सिजन हो अहिले । दशैँको मुखैमा हुने ‘नाडा अटो शो’ गत वर्षदेखि हुन पाएको छैन । यदि अटो शो हुँदो हो त, विभिन्न कम्पनीले त्यहीँबाट आफ्ना अफर सार्वजनिक गर्थे । तर, अहिले कम्पनीहरुले दशैँ र तिहार लक्षित अफरहरु सामाजिक सञ्जाल र पत्रकार सम्मेलनमार्फ सार्वजनिक गर्दै आएका छन् ।बिक्रेताहरुले आफ्नो शोरुमसम्म ग्राहकलाई तान्न विभिन्न अफर ल्याएका छन् । सर्भिसिङदेखि नगद छुटसम्मका स्किमहरु छन् । यति मात्रै नभई कम्पनीहरुले गिफ्ट ह्याम्परको पनि व्यवस्था गरेका छन् ।सुजुकीसुजुकी चार पांग्रे सवारीको नेपालका लागि आधिकारिक बिक्रेता हो सिजी मोटोकर्प । सिजी मोटोकर्पले चाडपर्व लक्षित ‘सुजुकी पर्वोत्सव अफर’ योजना ल्याएको छ ।यो योजना अन्तर्गत २ लाख रुपैयाँ बराबरको नगद छुट, १ लाख ५० हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, २० हजार रुपैयाँसम्म लोयल्टी बोनस, १ वर्षको बीमा र स्क्रयाच कार्डमार्फत ७५ हजारसम्म अतिरिक्त छुट पाउन सकिने छ । हुण्डाईहुण्डाई ब्राण्डका गाडीको नेपालको आधिकारिक बिक्रेता हो लक्ष्मी इन्टरकन्टिनेन्टल । कम्पनीले चाडपर्वको अवसरमा ‘हुण्डाई फेस्टिभ डिलाइट २०७८’ नामक अफर योजना ल्याएको छ । यस अफर योजनाअन्तर्गत ३ लाख रुपैयाँसम्मको नगद छुट, स्क्रयाच कार्डमार्फत १ लाखसम्म थप नगद छुटसहित १ वर्षसम्मको बीमा र सडक दस्तुर फ्रि गरिदिएको छ ।बम्पर उपहारमा १ जना ग्राहकले लक्की ड्रमार्फत हुण्डाई आई–२० गाडी पाउने छन् ।ड्याट्सनड्याट्सन गाडीको नेपालका लागि आधिकारिक बिक्रेता हो पायोनियर मोटोकर्प । कम्पनीले चाडपर्वको अवसरमा ‘ड्याट्सन फेस्टिभ हट डिल’ नामक अफर योजना ल्याएको छ ।यो योजनामा ग्राहकले २ लाख ४ हजार १५२ रुपैयाँको विशेष सुविधा, १ लाख २५ हजार नगद छुट पाउने छन् । ड्याट्सनको गाडी किन्ने ग्राहकले २७ हजार ९९९ रुपैयाँ पर्ने रेड्मी नोट–१० एस मोबाइल पनि पाउने छन् ।१ वर्षको बीमा, एक आर्थिक वर्षको कर पनि योजनामा समावेश गराईएको छ । फाइनान्स र एक्स्चेन्ज अफर पनि उपलब्ध रहेको छ ।निशाननिशानका गाडीहरु नेपालमा बिक्रि गर्ने आधिकारिक बिक्रेता हो पायोनियोर मोटोकर्प । कम्पनीले चाडपर्व लक्षित ‘निशान फेस्टिभ ड्राइभ’ नामक अफर योजना ल्याएको छ । योजनाअन्तर्गत निशान गाडी खरिदमा २ लाख ५० हजारसम्म नगद छुट, १ वर्षको बीमा, १ वर्षको सडक दस्तुर, ३ वर्ष निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी रहेको छ ।टाटाटाटा मोटर्सको नेपालका लागि आधिकारीक वितरक हो सिप्रदी ट्रेडिङ प्रा.ली. । कम्पनीले दशैँ तिहारको अवसरमा ‘यसपालीको दशैँ तिहार, टाटाका सफेस्ट कार, हर्षमय परिवार’ नामक योजना ल्याएको छ ।यो योजनाअन्तर्गत २ लाखसम्म नगद छुट, एक्सचेन्ज बोनस, निशुल्क एक्सेसोरिज र एक वर्षको निःशुल्क सडक कर रहेको छ । व्यवसायीक गाडीमा खरिद तथा बुकिङमा ग्राहकले ४ पटकसम्म उपहार पाउने छन् । टाटाको मिनी ट्रक, मिनी टिपर, ट्रक, टिपर, बस, योद्धा, एस, विङ्गर, इन्ट्रा र म्याजिक लगायतका व्यवसायीक गाडीको खरिदमा ग्राहकले एसी, वासिङ मेसिन, ल्यापटप, स्मार्ट टीभी, स्मार्टफोन, फ्रिज, ईएमआई, सर्भिस कुपन, क्यास ब्याक लगायतका उपहार प्राप्त गर्न सक्नेछन् ।कम्पनीले हरेक साता ‘लक्की ड्र’ मार्फत गाडी बुकिङ गर्ने ग्राहकहरूमध्ये १ जनालाई ४० इन्चको एमआई स्मार्ट टिभी र बम्पर लक्की ड्रमा गाडी खरिद गरेका ग्राहकहरूमध्ये ४३ जनाले थप उपहार पाउने पनि जनाएको छ ।प्रोटोनप्रोटोनको लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले पनि चाडपर्व लक्षित योजना ल्याएको छ । ‘दशैँ–दक्षिणा’ नामक योजनाअन्तर्गत ग्राहकले प्रोटोनको सागा र एक्स–७० को खरिदमा ६ लाख रुपैयाँसम्म दक्षिणा पाउन सक्नेछन् ।कुनै पनि ब्राण्डको पुरानो गाडी राखेर नयाँ प्रोटोन एक्सचेन्ज गरेमो ५० हजार देखि २ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस पनि उपलब्ध गराईने कम्पनीले जनाएको छ । पूरै पैसा तिरेर नयाँ गाडी किन्दा ५० हजारदेखि २ लाख ५० पचास हजारसम्म छुटको व्यवस्था गरेको छ ।किस्ताबन्दीमा सवारी खरिद गर्न शंकर ग्रुप अन्तर्गतको जगदम्बा सेभिङ एन्ड क्रेडिट कोओपरेटिभले इन–हाउस फाइनान्सिङको सुविधा पनि उपलब्ध गराउने छ ।अफर समायोजन नगरी प्रोटोन सागाको मूल्य ३७ लाख ९९ हजार र प्रोटोन एक्स–७० को मूल्य ८६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।फक्सवागनफक्सवागन गाडीको लागि नेपालको आधिकारिक बिक्रेता हो पुजा इन्टरनेशनल । कम्पनीले ‘दशैँ तिहार भल्क फेस्ट’ नामक योजना ल्याएको छ । योजना अन्तर्गत ग्राहकले बिएमडब्लु जी–३१० जिएस, सुजुकी बर्गम्यान स्कुटर र सामसङ ग्यालेक्सी जेड फ्ल्पि–३ मोबाइल जित्न सकिनेछ । नगद छुट पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।फोर्सफोर्स मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले दशैं तिहार लक्षित फोर्सको १० अफर योजना ल्याएको छ । फोर्स मोटर्सले ‘फोर्स मोटर्स दशैँ तिहारमा १० अफर’ नामक योजना ल्याएको हो ।अफर अन्तर्गत गाडीको मूल्यमा १० प्रतिशत नगद छुट, स्पेयर पार्टस्मा १० प्रतिशत छुट प्रदान गरिने कम्पनीका महाप्रवन्धक मनोज इटानीले जानकारी दिए । १० पटकसम्म निःशुल्क सर्भिसिङ प्रदान गरिनेछ भने १० जनालाई लक्की ड्रबाट सामसुङ एफाइभ–टु मोडलको स्मार्ट फोन उपहार प्रदान गरिनेछ ।फोर्सको क्रुजर जिप र ट्राभलर माइक्रो बस तथा मिनी बसका कुनै पनि मोडेलका गाडीहरु खरिद गर्दा यो अफर पाउन सकिने कम्पनीले जनाएको छ । फोर्स मोटर्स नेपालका तर्फबाट अहिलेसम्म कै सबैभन्दा ठूलो अफर ल्याएको इटानीले बताए ।फोर्स गाडीको प्रत्येक मोडलमा ३ वर्ष वा ३ लाख किलोमिटरसम्मको वारेन्टी सुविधा उपलब्ध छ ।