काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकमा विद्यमान अराजकतालाई प्रोत्साहित गरिरहेको आरोप लगाएका छन्।अध्यक्ष ओलीले अराजकता नरोक्ने, गुण्डागर्दीलाई आममाफी दिने, अर्थतन्त्र ध्वस्त बनाउने, तस्करीलाई बढावा दिने लगायतका कुशासनको पक्षमा सरकारले गरेको कामको चर्चा गरी साध्य नभएको जिकिर गरे।नेपाल संवत् ११४४ को अवसर पारेर शनिबार काठमाडौँको वसन्तुपर डबलीमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले गल्ती गर्दैमा गणतन्त्र र लोकतन्त्र खराब भन्ने