नेपालको राजनीतिक इतिहासलाई ऐतिहासिक मोडमा पुर्यायो– त्यो १९ दिने कठोर जनआन्दोलनले । मुलुकभर लाखौं जनता शान्तिपूर्ण क्रान्तिमा होमिएको घटनाले दुनियाँलाई तरंगित तुल्यायो– त्यो ‘अप्रिल क्रान्ति’ले । राज्यशक्तिको स्रोत नेपाली जनता र राजकीय एवं सार्वभौमसत्ता नेपाली जनतामा स्थापित गर्न सफल रह्यो । तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्ध २४ चैत, २०६२ बाट ११ वैशाख २०६३ निरन्तर १९ दिने आन्दोलन भएको थियो– जसलाई ‘अप्रिल क्रान्ति’ भनिन्छ । त्यसैले पहिल्यायो २ सय ५० वर्षको राजाशाही उन्मुलन गरी संघीय गणतन्त्रको बाटो । यस्तो थियो– अप्रिल क्रान्तिको घटना चक्र ।