खुकुरी प्रहारबाट वडा सदस्यका उम्मेदवार घाइते

बैतडी :  बैतडीमा खुकुरी प्रहारबाट गठबन्धनबाट वडा सदस्यका उम्मेदवार गम्भीर घाइते भएका छन्। गठबन्धनका तर्फबाट डिलाशैनी गाउँपालिका वडा नं ५ का वडा सदस्यका उम्मेदवार ५५ वर्षका  हरिराम साउँदमाथि खुकुरी प्रहार भएको हो। माओवादी केन्द्रका तर्फबाट उम्मेदवार रहेका साउँदलाई गएराति  १० बजे आफ्नै एक घरबाट अर्को घरमा जाने क्रममा बीचबाटोमा अज्ञात समूहले खुकुरी प्रहार गरेको बताइएको छ। खुकुरी प्रहारबाट घाइते भएका साउँदको टाउको, हात, मुखमा चोट लागेको छ।खुकुरी प्रहारबाट घाइते भएका साउँदलाई

सम्बन्धित सामग्री

भोजपुरमा नचिनेको मानिसकाे समूहद्वारा उम्मेदवारमाथि खुकुरी प्रहार

भोजपुर - भोजपुरको षडानन्द नगरपालिका साङपाङमा नचिनेकाे मानिसकाे समूहले उम्मेदवारमाथि खुकुरी प्रहार गरेकाे छ । गएराति १० बजे वडा नं १० साङपाङकी वडा सदस्य उम्मेदवार अमिता तामाङलाई नचिनेकाे व्यक्तिकाे समूहले कुटपिट गरी खुकुरी प्रहार गरेकाे जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । उहाँकाे टाउकोमा चार टाँका लगाइएको प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार कुटपिटमा संलग्नकाे खोजी भइरहेको छ । घाइते तामाङको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएकाे छ ।