बनेपाबाट काठमाडौंतर्फ जाँदै गरेका धुलिखेल नगरपालिका—८ का २२ वर्षीय अभिषेक न्यौपानेको मोटरसाइकल बनेपा–१३ भैंसेपाटीमा दुर्घटनामा परी मृत्यु भयो । कार्यालयको कामका सिलसिलामा हिँडेका उनी मंगलबार बिहान सवा १० बजेतिर आफूले चलाएको बा प्र–०२–०३४ प ११६७ नं को मोटरसाइकल साँगा–धुलिखेल खण्ड बिस्तारका लागि सडक छेउमा अव्यवस्थित ढंगले राखिएका निर्माण सामग्रीका कारण दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।