चोरीको मोटरसाइकल चलाइरहेको अवस्थामा फेला

पर्सा,२३ कात्तिक । चोरीको मोटरसाइकल सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–५ गणेशमान चोकको छेउमा पार्किङ गरी राखेको ना.४८प ५१०९ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा सोही महानगरपालिका–५ बस्ने २५ वर्षीय सोनालाल मुखिया शनिबार पक्राउ परेका हुन् । वीरगंज महानगरपालिका–५ बस्ने २० वर्षीय रोशन साहको मोटरसाइकल उक्त चोक छेउमा पार्किङ गरी राखिएको अवस्थामा चोरी […]

सम्बन्धित सामग्री

मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार बर्दिबास–७ किसाननगरस्थित रामएकवाल यादवको घरबाट चोरीको मोटरसाइकल फेला पारेपछि अनुसन्धानका क्रममा उक्त गिरोहको पत्ता लागेको हो।...

चोरीको मोटरसाइकल र लागुऔषधसहित वर्कशप सञ्चालक पक्राउ

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित आलोकनगरबाट प्रहरीले चोरीको मोटरसाइकल र लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही घर भएका ३८ वर्षीय बिनोद मण्डल र निजका छोरा राकेश मण्डल छन् । बिनोद मण्डलले आलोकनगरमा ‘सर्लाही मोटर वर्कशप’ सञ्चालन गरेका छन् । वर्कशपमा प्रदेश–३–०२–००७ प २९६१ नम्बरको चोरीको पल्सर एनएस मोटरसाइकल पाटपुर्जा निकालेको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।

चोरीको मोटरसाइकल सहित युवक पक्राउ

कपिलवस्तु, ४ साउन । चोरीको मोटरसाइकल सहित एकजना पक्राउ परेका छन् । कपिलवस्तु नगरपालिका १ गौढीचोकस्थित सडकबाट १ थान चोरीको मोटरसाइकल सहित यशोधरा गाउँपालिका ५ लोहरौली बस्ने २१ वर्षीय तौफिक पठानलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले जांच गर्नेक्रममा तौफिकलाई कागजपत्र नभएको मोटरसाइकल सहित फेला पारी अनुसन्धान गर्दा उक्त […]