चोरीको मोटरसाइकल र लागुऔषधसहित वर्कशप सञ्चालक पक्राउ

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित आलोकनगरबाट प्रहरीले चोरीको मोटरसाइकल र लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही घर भएका ३८ वर्षीय बिनोद मण्डल र निजका छोरा राकेश मण्डल छन् । बिनोद मण्डलले आलोकनगरमा ‘सर्लाही मोटर वर्कशप’ सञ्चालन गरेका छन् । वर्कशपमा प्रदेश–३–०२–००७ प २९६१ नम्बरको चोरीको पल्सर एनएस मोटरसाइकल पाटपुर्जा निकालेको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।