नेपालको पिउने पानीको अन्तर्राष्ट्रिय माग र बर्सेनि निर्यात बढिरहेको तथ्यांकले व्यापारको अर्को सम्भावना देखाइरहेको छ । नेपालबाट पानी निर्यात हुन थालेको एक दशक भएको छ र यो बीचमा प्रशोधित, अर्धप्रशोधित र खनिजयुक्त पानी भारत, चीन, हङकङ, अस्ट्रेलिया, यूएई, जापान, जर्मनी, फ्रान्सलगायत मुलुकमा पुगिरहेको छ ।